२०८३ असोज २५ गते आइतबार

उखु किसानको अनुदान घटाउने निर्णय तत्काल खारेज गर्न सांसदहरूको माग

उखु किसानको अनुदान घटाउने निर्णय तत्काल खारेज गर्न सांसदहरूको माग

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ १३ गते शुक्रबार ०३:१४

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरूले उखु किसानको अनुदान घटाउने निर्णय तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन्।शुक्रवार राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै उनीहरुले सो अनुदान पुरानै कायम गरेर तत्काल किसानलाई उपलब्ध गराउन...

काठमाडौँ ।

राष्ट्रियसभाका सांसदहरूले उखु किसानको अनुदान घटाउने निर्णय तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन्।शुक्रवार राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै उनीहरुले सो अनुदान पुरानै कायम गरेर तत्काल किसानलाई उपलब्ध गराउन पनि सरकारलाई सचेत गराएका हुन्। सभामा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा ९माओवादी केन्द्रकी सांसद गंगाकुमारी बेल्बासेले उखुमा दिँदै आएको अनुदान सरकारले घटाउने निर्णय गरेको आपत्ति जनाउँदै पुरानै अनुदान उपलब्ध गराउन सरकारलाई दबाब दिइन्। उनले उखु किसानलाई मारमा पार्ने काम नगर्न पनि सरकारलाई ध्यानाकर्षण गराइन्।
सांसद बेल्बासेले भनिन्‚ ‘उखु उत्पादनमा दिँदै आएको अनुदान सरकारले आधा घटाएको छ। सरकारले गत मंसिर उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्वीन्टल ५८५ निर्धारण गरेकोमा अहिले अनुदानको मूल्य आधा घटाएकोमा पहिलाकै अनुदान दिन सरकारलाई अनुरोध गर्दछु।’
यता सत्तारुढ एमालेका सांसद गोपाल भट्टराई बाढी पहिरोका कारण ठप्प रहेको रसुवागढी नाका र तातोपानी भन्सार तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग गरे। उनले मुस्ताङमा रहेको कोरोला नाकालाई वैकल्पिक नाकाको रुपमा सञ्चालनमा ल्याउन पनि ढिलाइ नगर्न सरकारलाई दबाब दिए। सांसदहरूले बाढी र पहिरोले धेरै जनधनको क्षति भएकाले पीडितलाई राहत दिने काममा पनि सरकारले तीव्रता दिनुपर्ने बताएका छन्।

प्रकाशित मिति २०८२ भदौ १३ गते शुक्रबार ०३:१४
हजुरको प्रतिक्रिया