२०८३ असोज २५ गते आइतबार

प्रदीप ज्ञवालीको आक्रोशः वडामा चुनाव जिताउन नसक्नेहरू पनि एमालेका नेता

प्रदीप ज्ञवालीको आक्रोशः वडामा चुनाव जिताउन नसक्नेहरू पनि एमालेका नेता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ १६ गते सोमबार ०३:३०

पार्टीका केही पदाधिकारीले ठूलाठूला कुरा गरे पनि वडा तहको समेत चुनाव जिताउन हैसियत नराख्ने

काठमाडौँ ।
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीका वडा तहमा समेत चुनाव जिताउने हैसियत नराख्ने केही पदाधिकारी रहेको बताएका छन्। सोमवार काठमाडौँमा आयोजित आनन्दप्रसाद पोखरेलद्वारा लिखित पुस्तक कम्युनिष्ट पार्टी निर्माणका आधारको विमोचन गर्दै उनले पार्टीका केही पदाधिकारीले ठूलाठूला कुरा गरे पनि वडा तहको समेत चुनाव जिताउन हैसियत नराख्ने टिप्पणी गरे।
उपमहासचिव ज्ञवालीले पार्टीका धेरै नेता, कार्यकर्ता धागो नभएको चंगा जस्तो माथिमात्रै रहने गरेको तर जनाधार नभएको दावी गरे। पार्टीका कतिपय पदाधिकारी र केन्द्रीय सदस्यहरूले कुरा ठूला गरे पनि जनाधार नहुँदा चुनाव जिताउने हैसियत गुमाएको उनको निष्कर्ष थियो।
उपमहासचिव ज्ञवालीले पञ्चायतकालमा समेत जनमत बुझ्न राजा महेन्द्रले गाउँ फर्क अभियान चलाएको उल्लेख गर्दै पार्टीका नेता, कार्यकर्ताले पनि जनाधार निर्माणमा विशेष ख्याल राख्नुपर्ने बताए।
ज्ञवालीले भने, ‘हाम्रा धेरै कमरेड र कार्यकर्ता धागो चुँडिएको चंगा जस्तो माथिमाथि मात्रै, तल जनाधार छैन। प्रत्येक नेताले आफ्नो वडा जिताइदिएको भए त दिग्विजय नै हासिल गर्थ्यौँ तर हामी कतिपय केन्द्रीय सदस्य‚ पदाधिकार, जिल्लाका नेताहरू हुँला–हौँला‚ जसले आफ्नो वडा समेत जिताउन सक्दैनन्। कुरा चाहिँ ठूल्ठूला गर्छन्।’उपमहासचिव ज्ञवालीले नीति, विधि र व्यवहार सबै हिसाबले जनतासँग एकाकार भएर मात्रै पार्टीलाई अघि बढाउन सकिने भएकाले सिंगो पार्टी पंक्ति तदनुसार परिचालन हुन आवश्यक रहेको बताए।

प्रकाशित मिति २०८२ भदौ १६ गते सोमबार ०३:३०
हजुरको प्रतिक्रिया