प्रदेशमा कुल ३ हजार ४ सय ३९ संक्रमित
पोखरा । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशद्धारा आइतबार साँझ ६:४५ बजेसम्म जारी विज्ञप्ती अनुसार पोखरामा आइतबार थप १९ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन ।
संक्रमितमध्ये पोखरा महानगरपालिका वडा नम्बर ७ मा कार्यरत ६ जना प्रहरी नेपाल प्रहरी रहेको निर्देशनालयले जनाएको छ ।
अन्य संक्रमितमा वडा नम्बर ६ का २५ वर्षीय महिला र ४४ वर्षीय पुरुष गरि २ जना, ७ का ३८ वर्षीय पुरुष, पोखरा १४ का ४० बर्षीय पुरुष वडा नम्बर १७ का २७ वर्षीय महिला तथा ४५ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै पोखरा २२ का २२ वर्षीय पुरुष र २३ का ४४ वर्षीय महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै आइतबार बिहान निर्देशनालयले जारी गरेको विज्ञप्तीका अनुसार पोखरामा ५ तथा माछापुच्छ्रे गाउँपालिकाका १ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
यता लमजुङमा १५ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको सुन्दरबजार नगरपालिकाका हुन् ।
तनहुँका २ जनालाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित १२ वर्षीय बालिका तथा २१ वर्षीय महिला हुन् । उनीहरुको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र तनहुँमा उपचाररत छन् ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ३ हजार ४ सय ३९ पुगेको छ ।




