२०८३ साउन २१ गते बिहीबार

भूमि पेडनेकर- अवार्ड जस्काे पछि लाग्छ

भूमि पेडनेकर- अवार्ड जस्काे पछि लाग्छ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ भदौ १९ गते शनिबार ०९:२७

भूमि पेडनेकर बलिउड फिल्म इन्डस्ट्रीमा आएकाे जम्माजम्मी ६ बर्ष भयाे । याे विचमा उनले गरेकाे कामले उनलाइ आज बलिउडकै एक सफल अभिनेत्रीका रूपमा चिनाउँछ । भूमिकाे जन्म सन् १९८९ मा भारतकाे मुम्बइमा भएकाे थियाे । भूमिका बुबा शतिस पेडनेकर...

भूमि पेडनेकर बलिउड फिल्म इन्डस्ट्रीमा आएकाे जम्माजम्मी ६ बर्ष भयाे । याे विचमा उनले गरेकाे कामले उनलाइ आज बलिउडकै एक सफल अभिनेत्रीका रूपमा चिनाउँछ । भूमिकाे जन्म सन् १९८९ मा भारतकाे मुम्बइमा भएकाे थियाे । भूमिका बुबा शतिस पेडनेकर महाराष्ट सरकारकाे गृह तथा श्रम मन्त्री भइसकेका व्यक्ती हुन् । तर, भूमि सानै छँदा उनका बुबाकाे निधन भयाे । भूमिले आफ्नाे करियरकाे शुरूवात एक कास्टिङ्ग डाइरेक्टरकाे रूपमा गरेकी हुन् ।

भूमिले सन २०१५ मा फिल्म ‘दम लगाके हैसा’ बाट बलिउडमा डेब्यू गरेकी हुन् । जसका लागि उनले ९२ किलाेसम्म आफ्नाे ताैल बढाएकी थिइन् । याे फिल्मले भूमिलाइ बेस्ट फिल्म डेब्यूकाे फिल्म फेयर अवार्ड नै दिलायाे । याे फिल्मबाट भूमिले बलिउडका कुल ७ वटा अवार्डहरू जितिन् ।

सन २०१७ मा उनले अक्षयकुमारसँग ट्वाइलेट- एक प्रेमकथा गरिन् । जसका लागि भूमि जि सिने अवार्डकाे वेस्ट एक्टर- फिमेल, जुरी च्वाइस, भ्यूअर च्वाइस तथा वेस्ट एक्टर फिमेल पपुलरकाे नाेमिनेसनमा परिन् ।

साेहि बर्ष भूमि अर्काे फिल्म ‘शुभ मंगल सावधान’ का लागि फिल्म फेयर अवार्ड, अन्तर्राष्टिय भारतीय फिल्म एकेडेमी अवार्ड, स्क्रिन अवार्ड लगायतका अवार्डहरूमा  सर्वाेत्कृष्ट अभिनेत्रीकाे नाेमिनेसनमा रहिन् ।

सन् २०२० मा भूमिले तपस्वी पन्नुसँगै फिल्म साँढ की आँखका लागि फेरि सर्वाेत्कृष्ट अभिनेत्रीकाे अवार्ड हात पारिन् । फिल्म साँढ की आँखका लागि तपस्वी पन्नुसँगै फिल्म फेयर र स्क्रिन अवार्डले उनलाइ सर्वाेत्कृष्ट अभिनेत्री घाेषित गर्याे ।

अवार्ड प्राप्तीकाे उनकाे यात्रा यहिँ सिमित रहेन् । उनले अभिनय गरेका सवैजस्ताे फिल्मले उनलाइ सधै चर्चामा राख्याे । उनी अभिनीत फिल्म प्राय सवै कुनै न कुनै अवार्ड समाराेहमा नाेमिनिज भइरहे ।

सन २०२० मै फिल्म ‘बाला’ का लागि जि सिने अवार्डकाे बेस्ट सपाेर्टिङ्ग एक्ट्रेस उनकाे पाेल्टामा पर्याे भने फिल्म साेनचिढियाका लागि उनी फेरि एकपटक फिल्मफेयरकाे नाेमिनेसनमा पर्न सफल भइन् ।

प्रकाशित मिति २०७८ भदौ १९ गते शनिबार ०९:२७
हजुरको प्रतिक्रिया