२०८३ साउन २१ गते बिहीबार

सरकार सत्ताकब्जा गर्नेतिर लाग्यो, हामी आन्दोलनमा जान्छौंः अग्नीप्रसाद सापकोटा

सरकार सत्ताकब्जा गर्नेतिर लाग्यो, हामी आन्दोलनमा जान्छौंः अग्नीप्रसाद सापकोटा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ १७ गते मंगलबार ०९:१०

सरकार अधिनायकवाद, तानाशाही र निरंकुशतातिर गईरहेकाले आफूहरुले जनतालाई सचेत गराउन आन्दोलनमा जाने बाटो तय गरेको उपाध्यक्ष सापकोटाको भनाई थियो ।

काठमाडौं ।

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्नीप्रसाद सापकोटाले सरकारविरुद्ध आन्दोलन गर्ने बताएका छन् ।

अखिल नेपाल ट्रेड युनियन महासंघले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपाध्यक्ष सापकोटाले सरकार निरंकुशतातर्फ गएकाले आफ्नो पार्टीले आन्दोलनमा जाने तयारी रहेको बताका हुन् ।

उनले संसदमा पार्टीको संख्या पनि कम भएकाले सरकारलाई दवाव दिन जनतालाई जागृत गर्न पनि सडक आन्दोलनमा जानुको विकल्प नरहेको तर्क गरे ।

सरकारविरुद्ध आन्दोलनमा जानुपर्ने अवस्था आएको त्यसको तयारी रहन पनि उनले पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे ।

सरकार अधिनायकवाद, तानाशाही र निरंकुशतातिर गईरहेकाले आफूहरुले जनतालाई सचेत गराउन आन्दोलनमा जाने बाटो तय गरेको उपाध्यक्ष सापकोटाको भनाई थियो ।

उनले भने, ‘अब विस्तारै आन्दोलनको तयारी गर्नु पर्छ । जनतालाई नै जागृत गरेर जनताको दबाब सुष्टि नगरी अहिले हुनेवाला छैन । किनभने संसदमा हाम्रो संख्या पनि कम छ भनेर हामीले अव आन्दोलनको तयारी गर्नुपर्छ भन्ने समझदारी बनाएका छौ । र, म अहिले तपाईहरुलाई आन्दोलनको तयारीतिर त्यसको मानसिकता बनाउनका लागि म आग्रह गर्न चाहन्छु । अहिलेको दुई दलीय सरकार राज्य सत्ता कब्जा गर्नेतिर अगाडि बढेको छ । त्यसमा पनि कसले बाजी मार्छ । त्यसमा पनि उनीहरुको बीचमा भयानक ठूलो अन्तर्विरोध छ काँग्रेस–एमालेको बीचमा पनि । तर फेरी पनि कुरा के हो भने राज्य अधिनायकवादतिर, तानाशाहीकरणतिर, निरंकुशतातिर गईरहेको छ । अझ म त के भन्छु भने अहिले सरकार त भनिएको छ । तर शक्ति राष्ट्र भनिएकाहरुमा चाँही सरकार छैन त्यहाँ एउटा गुण्डा दल छ । गुण्डा दलले त्यहाँ मनलाग्दी गरिरहेको छ ।’

उपाध्यक्ष सापकोटाले सत्तारुढ काँग्रेस–एमालेबीच पनि भयानक ठूलो अन्तर्विरोध रहेको जिकिर गरेका छन् ।

 

प्रकाशित मिति २०८२ भदौ १७ गते मंगलबार ०९:१०
हजुरको प्रतिक्रिया