२०८३ असोज २४ गते शनिबार

मुख्यसचिव अर्याल भन्छन्ः ‘जेन–जीको मागअनुसार बन्ने नागरिक सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार छ’

मुख्यसचिव अर्याल भन्छन्ः ‘जेन–जीको मागअनुसार बन्ने नागरिक सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार छ’

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २७ गते शुक्रबार ०२:२९

काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालले अब बन्ने नागरिक सरकारसँग काम गर्न कर्मचारी प्रशासन तयार रहेको बताएका छन् । शुक्रबार सिंहदरबारस्थित भौतिक पूर्वाधारहरुको निरीक्षणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुख्यसचिव अर्यालले...

काठमाडौं ।

मुख्यसचिव एकनारायण अर्यालले अब बन्ने नागरिक सरकारसँग काम गर्न कर्मचारी प्रशासन तयार रहेको बताएका छन् ।

शुक्रबार सिंहदरबारस्थित भौतिक पूर्वाधारहरुको निरीक्षणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुख्यसचिव अर्यालले जेनजीको मागअनुसार गठन हुने सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार रहेको बताएका हुन् ।

‘हामी के चाहान्छौं भने छिटोभन्दा छिटो युवाहरुले जुन मागहरु उठाइराख्नु भएको छ, त्यो माग सम्बोधन हुने गरी सरकार बनोस्,’ मुख्य सचिव अर्यालले भने, ‘त्यो सरकारसँग काम गर्नको लागि व्युरोक्रेसी तयार छ ।’

अर्यालले मुलुकका अत्यावश्यक सेवाहरू अबाधित रूपमा सञ्चालन भइरहेको र सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको जानकारी पनि दिए ।

राहदानीदेखि वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण सेवा अनलाइनमार्फत शुरु भइसकेको उनले जानकारी दिए

प्रकाशित मिति २०८२ भदौ २७ गते शुक्रबार ०२:२९
हजुरको प्रतिक्रिया