२०८३ असोज २५ गते आइतबार

सुमना श्रेष्ठले छोडिन् रास्वपा

सुमना श्रेष्ठले छोडिन् रास्वपा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २९ गते आइतबार १२:५४

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता ​सुमना श्रेष्ठले पार्टी त्यागेकी छन्। पूर्व शिक्षामन्त्री ​समेत रहेकी उनले रास्वपा छाडेको आइतबार स्पष्ट पारेकी हुन्। रास्वपा छोडेको जानकारी दिँदै भनेकी छन्,’ अब खुल्ला...

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता ​सुमना श्रेष्ठले पार्टी त्यागेकी छन्।

पूर्व शिक्षामन्त्री ​समेत रहेकी उनले रास्वपा छाडेको आइतबार स्पष्ट पारेकी हुन्।

रास्वपा छोडेको जानकारी दिँदै भनेकी छन्,’ अब खुल्ला रुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु। मनलाग्दी चलुञ्जेल मनलाग्दी गर्नुहोला। मैले पार्टी छाँडे।’

श्रेष्ठले पार्टी नेतृत्वले गल्तीमाथि गल्ती गर्ने तर कहिल्यै गल्ती स्वीकार नगर्ने गरेको भन्दै त्यो आफूलाई स्वीकार्य नभएकोले पार्टी छोडेको जानकारी गराएकी छन्।रास्वपाले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको देखि नै आफूले आलोचना गर्दै आएको भएपनि त्यसले फरक नपरेको गुनासो उनको छ।

‘गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने ?’ उनले भनेकी छन् , ‘पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने। जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेला देखि नै आलोचना गर्दै आएको हुँ। तर त्यसले कत्ति पनि फरक पारेन। अझ उल्टै मीडिया ट्रयाल हुन थाल्यो। यो स्विकार्य छैन।’

श्रेष्ठले यसअघि रास्वपाको सह(महामन्त्रीबाट राजीनामा दिएकी थिइन्। तर, सांसद भएकोले पार्टीको काम गर्न समय नहुने भन्दै राजीनामा दिएकी थिइन्।

प्रकाशित मिति २०८२ भदौ २९ गते आइतबार १२:५४
हजुरको प्रतिक्रिया