२०८३ साउन २१ गते बिहीबार

अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी खुल्यो

अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी खुल्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज १ गते बुधबार ०९:३८

गएरातिदेखि सडकमा रोकिएका गाडीहरुलाई आफ्नो लेन अनुशासनमा रहेर चलाउन सडक डिभिजन कार्यालय भरतपुरले अनुरोध समेत गरेको छ ।

पोखरा ।

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी खुलेको छ ।

चितवनको इच्छाकामना–५ तुइन खोला नजिकै हिजो बेलुका पहिरो खस्दा गाडीको आवागमन दुईतर्फी नै अवरुद्ध भएको थियो ।

पहिरो पन्छाएर गएराति एकतर्फी खुलेको सडक बिहान सवा ८ बजेदेखि दुईतर्फी नै खुलेको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ ।

पानी परिरहेको र ढुंगा खस्ने क्रम नरोकिएकोले यात्रा गर्दा सावधानी अपनाउन अनुरोध गरिएको छ ।

गएरातिदेखि सडकमा रोकिएका गाडीहरुलाई आफ्नो लेन अनुशासनमा रहेर चलाउन सडक डिभिजन कार्यालय भरतपुरले अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति २०८२ असोज १ गते बुधबार ०९:३८
हजुरको प्रतिक्रिया