बागलुङ ।
नेकपा एमालेले सडकमा एक कार्यक्रम आयोजना गरी पार्टी पुन सक्रिय भएको सन्देश दिएको छ ।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते क्षति भएको नेकपा एमाले बागलुङको पार्टी कार्यालय पुन सञ्चालनमा आएको जनाउदै सडमा ल्याएर जलाइएको कार्यालय पुन सडकबाटै उद्घोष गरेर सक्रिय भएको बताइएको छ ।
आन्दोलनकारीले पार्टी कार्यालयको बोर्ड, कागाजातपत्र, फर्निचर लगायतका सामाग्री सडकमा ल्याएर जलाएपछि बन्द भएको पार्टी कार्यालय ९ दिनपछि पुन सक्रिय बनेको हो । नेकपा एमाले बागलुङले आज पत्रकार समक्ष औपचारिक रुपमा पार्टी कार्यालय स्थापना गरेको बताउदै हिंसात्मक आन्दोलनले कसैलाई फाइदा नपुग्ने पार्टी कार्यालय स्थापना गर्न पुगेका एमाले नेताहरुले बताएका छन् ।
कार्यक्रममा आधिकारिक धारणा सार्वजनिक गर्दै नेकपा एमाले बागलुङका अध्यक्ष हिरा बहादुर केसीले जेनजी पुस्ताले गरेको आन्दोलनको उदेश्य पवित्र भएपनि हिंसात्मक आन्दोलन स्विकार्य नभएको बताए ।
हिंसाले प्रतिहिंसा जन्माउने बताउदै संयमित हुन आग्रह गर्नुभयो । उनले नेकपा एमाले पुन सक्रिय भएर गाउँ–गाउँमा पुग्ने बताए ।
कार्यालय परिसरमा पुनः पार्टीको झण्डा र बोर्ड स्थापना गरिनुका साथै फर्निचर लगायतको काम गरेपछि सडकमा आएर एमालेले पत्रकार समक्ष पार्टी पुन सञ्चानमा आएको जनाएको थियो ।
प्रकाशित मिति २०८२ असोज २ गते बिहीबार ०८:१८




