२०८३ साउन २१ गते बिहीबार

बडादशैँ दोस्रो दिन आज नवदुर्गामध्येकी ब्रह्मचारिणीको आराधना गरिँदै

बडादशैँ दोस्रो दिन आज नवदुर्गामध्येकी ब्रह्मचारिणीको आराधना गरिँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज ७ गते मंगलबार ०९:०५

तपस्यामा लीन हुने भएकाले यिनलाई दुर्गाको दोस्रो स्वरूपलाई ब्रह्मचारिणी भनिएको हो । यिनी शान्त र मग्न भएर तपमा लीन भइरहेकी हुन्छिन् । कठोर तपस्याका कारण यिनको मुहार तेजयुक्त छ ।

पोखरा ।

नेपालीहरुको महान पर्व बडादशैँ दोस्रो दिन आज नवदुर्गामध्येकी ब्रह्मचारिणीको आराधना गरिँदैछ ।

नवरात्रमा प्रत्येक दिन भगवती दुर्गाका एक–एक स्वरूपको आराधना परम्परा छ ।

तपस्यामा लीन हुने भएकाले यिनलाई दुर्गाको दोस्रो स्वरूपलाई ब्रह्मचारिणी भनिएको हो ।

यिनी शान्त र मग्न भएर तपमा लीन भइरहेकी हुन्छिन् । कठोर तपस्याका कारण यिनको मुहार तेजयुक्त छ ।

कमलको आसनमा बसेकी ब्रह्मचारिणीको दाहिने हातमा अक्षमाला र बायाँ हातमा कमण्डलु रहेको छ ।

यिनलाई योगसाधिकाको रूपमा पनि लिइन्छ। आरोग्य र शान्ति प्राप्तिका लागि यिनको आराधना गरिन्छ ।

नवरात्रका अवसरमा यसैगरी महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा आराधना गरिन्छ ।

नवरात्रका समयमा जमरा राखिएका दशैंघर तथा शक्तिपीठमा पुगेर देवीको आराधना गर्ने परम्परा छ ।

प्रकाशित मिति २०८२ असोज ७ गते मंगलबार ०९:०५
हजुरको प्रतिक्रिया