२०८३ असोज २५ गते आइतबार

सरकारले फागुन २१ गते निर्वाचन गर्ने भनेर झुटको खेती गरिरहेको एमाले अध्यक्ष ओलीको आरोप

सरकारले फागुन २१ गते निर्वाचन गर्ने भनेर झुटको खेती गरिरहेको एमाले अध्यक्ष ओलीको आरोप

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ कात्तिक २ गते शनिबार ०७:५९

आफु देशको कुनैपनि शहरमा घुम्न जानसक्ने दाबी

काठमाडौं ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आगामी फागुन २१ गते निर्वाचन गर्ने भनेर झुटको खेती गरिरहेको आरोप लगाएका छन् ।

पार्टीको सम्पर्क समन्वय कमिटीले शनिवार पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारले निर्वाचन गर्ने भनेर झुटको खेती गरिरहेको आरोप लगाएका हुन् । उनले सरकारले राजनीतिक दलहरुलाई निषेध गरेर चुनाव गराउँछु भन्दै हिँडेर आम जनतालाई ढाँटने काम गरिरहेको जिकिर गरे ।

उनले निर्वाचन गराउने सोच सरकारसँग नभएकाले आफ्नो पार्टीले प्रतिनिधि सभा पुनः स्थापनाको मागलाई अघि बढाउनुपरेको तर्क समेत गरे ।

जेनजी आन्दोलनको काममा लुटिएका हतियार फिर्ता गराउन नसक्ने सरकारले निर्वाचन गराउने भनेर नाटकीय गतिविधि गरिहेको ओलीको भनाई थियो । अध्यक्ष ओलीले आफूलाई सरकारले काठमाडौं उपत्यका बाहिर नजान प्रतिवन्ध लगाएपनि आवश्यक परेका बेला देशको कुनैपनि शहरमा घुम्न जानसक्ने दाबी गरे ।

उनले सरकार आगजनी, तोडफोड र लुटमारको जगमा बनेको आरोप समेत लगाए । अध्यक्ष ओलीले सरकारलाई संविधानले नचिनेको समेत दोहो¥याए ।

उनले जनताको अभिमतबाट बनेको प्रतिनिधि सभा भंग गर्ने अधिकारी सरकारलाई कसले दियो भनि प्रश्न समेत गरे ।

उनले भदौ २३ र २४ गतेको आन्दोलनलाई प्रतिक्रान्तिको संज्ञा दिँदै त्यसले मुलुकलाई प्रतिगमनतर्फ धकेलेको दावी समेत गरे । अध्यक्ष ओलीले मुलुकमा सरकारले प्रतिसोध साँध्ने खालको व्यवहार प्रर्दशन गरिरहेको समेत बताएका छन् ।

प्रकाशित मिति २०८२ कात्तिक २ गते शनिबार ०७:५९
हजुरको प्रतिक्रिया