२०८३ असोज २५ गते आइतबार

एकीकृत समाजवादी पार्टी केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै

एकीकृत समाजवादी पार्टी केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ कात्तिक १४ गते बिहीबार ०९:५४

भोली शुक्रबारसम्म चल्ने बैठकले मुख्यतः नेकपा माओवादी केन्द्रसँग एकताका लागि औपचारिक निर्णय लिने बताइएको छ ।

पोखरा ।

नेकपा एकीकृत समाजवादी पार्टी केन्द्रीय कमिटीको बैठक आज पनि जारी छ ।

बुधबारबाट शुरु भएको बैठकमा पहिलो दिन अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।

भोली शुक्रबारसम्म चल्ने बैठकले मुख्यतः नेकपा माओवादी केन्द्रसँग एकताका लागि औपचारिक निर्णय लिने बताइएको छ ।

अध्यक्ष नेपालसहितका संस्थापन पक्षका नेता माओवादी केन्द्रसँगको पार्टी एकताको लागि औपचारिक निर्णय गर्ने योजनामा रहेका छन् ।

तर सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल पक्षका नेताहरू भने त्यसको विपक्षमा छन् ।

बैठकले पार्टीको वैचारिक दृष्टिकोण तथा सैद्धान्तिक विषयको निर्णय, पुनर्गठनको कार्ययोजनासहित अहिलेको नेतृत्व हस्तान्तरण तथा पुस्तान्तरणको विषयमा पनि निर्णय गर्ने बताइएको छ ।

बैठकमा जेनजी प्रदर्शनले उठाएका भ्रष्टाचार, आर्थिक अनियमितता र सामाजिक असमानताविरुद्ध विभिन्न अभियान सञ्चालनसम्बन्धी विषय तथा आवश्यक कार्यक्रम अनुमोदन गरिने पनि जनाइएको छ ।

प्रकाशित मिति २०८२ कात्तिक १४ गते बिहीबार ०९:५४
हजुरको प्रतिक्रिया