२०८३ असोज २५ गते आइतबार

वर्तमान सरकारलाई अदालतले संवैधानिक ठहर्‍याउने ठाउँ छैनः ओली

वर्तमान सरकारलाई अदालतले संवैधानिक ठहर्‍याउने ठाउँ छैनः ओली

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर ७ गते शनिबार ०७:२८

वर्तमान सरकार लोकतन्त्र विरुद्ध निर्माण गरिएको आरोप समेत उनले लगाए ।

काठमाडौं ।

नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको संवैधानिक परीक्षण अदालतबाटै हुनुपर्ने बताएका छन् ।

शनिबार पार्टीद्वारा काठमाडौंमा आयोजित जन प्रदर्शन तथा जनसभामा बोल्दै उनले सो दाबी गरेका हुन् ।

अध्यक्ष ओलीले अदालतले कुनैपनि हालतमा वर्तमान सरकारलाई संवैधानिक ठह¥याउन नसक्ने समेत जिकिर गरे ।

हिंसा, अशान्ति, आगजनी, तोडफोड र लुटपाटबाट वर्तमान सरकार बनेको उल्लेख गर्दै अध्यक्ष ओलीले यस्तो सरकारलाई संवैधानिक ठह¥याउन सक्ने अवस्था नरहेको समेत बताएका छन् ।

वर्तमान सरकार लोकतन्त्र विरुद्ध निर्माण गरिएको आरोप समेत उनले लगाए । अध्यक्ष ओलीले मुलुकमा विद्यमान राष्ट्रिय संकट समाधान गर्ने कामको नेतृत्व एमालेले गर्ने समेत बताए ।

प्रकाशित मिति २०८२ मंसिर ७ गते शनिबार ०७:२८

हजुरको प्रतिक्रिया