२०८३ असोज २५ गते आइतबार

देश अहिले अफ्ठ्यारो स्थितिमा छः अध्यक्ष दाहाल

देश अहिले अफ्ठ्यारो स्थितिमा छः अध्यक्ष दाहाल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर १० गते मंगलबार ०७:०२

अध्यक्ष नेपालले मुस्लिम समुदायमा अघि बढ्ने सम्भावना भएकाहरुलाई आफूहरुले अग्रसर गरिरहेको बताएका छन् ।

काठमाडौं ।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले देश अहिले अफ्ठ्यारो स्थितिमा रहेको बताएका छन् ।

मुस्लिम समुदायसँग नेपाली कम्युनिष्ट पार्टी विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले देश अफ्ठ्यारो स्थितिमा रहेको बताएका हुन् ।

गत भदो २३ र २४ गतेको आन्दोलनपछि देशमा अफ्ठ्यारो स्थिति आइरहेको उल्लेख गरे । २४ गतेको विध्वंशपछि सिंगै नेपाली समुदायमा आत्मनिर्णयको अधिकारमाथि पनि प्रश्नचिन्ह खडा भएको उनले जिकिर गरे । राष्ट्र भनेको निश्चित भूगोलभित्र बस्ने जातजाति, धर्म, संस्कृतिका व्यक्तिहरुको योगफल भएको उनको भनाइ छ ।

उनले भने, ‘अहिले देश बडो अफ्ठ्यारो स्थितिमा छ । तपाईंहरुले पनि महशुस गर्नुभएको होला । २४ गतेको विध्वंशपछि सिंगै नेपाली कम्युनिटीको आत्मनिर्णयको अधिकारमाथि पनि प्रश्नचिन्ह खडा भएको छ । यो स्थितिमा हामीले राष्ट्र भनेको निश्चित भूगोलभित्र बस्ने जातजाति, धर्म, संस्कृतिका व्यक्तिहरुको योगफल हो राष्ट्र । राष्ट्र बचाउने जिम्मेवारी सबैको हो ।’

सहसंयोजक माधवकुमार नेपालले देशलाई जोगाउन सबैले प्रयास गर्न जरुरी रहेको बताएका छन् ।

विभिन्न समयमा भीडलाई उत्तेजक बनाउने तत्वहरु सक्रिय रहेको भन्दै त्यसबाट जोगिनुपर्ने उनले जिकिर गरे । उनले सबैभन्दा पहिला नेपाली हाँै भन्ने भावना जागरुक गर्न जरुरी रहेको बताएका छन् ।

उनले भने, ‘हाम्रो देशलाई हामीले जोगाउन भर मजबुर कोशिस गरिरहेका छाँै । अनेक तत्वहरुले अनेक समयमा मान्छेलाई उत्तेजित बनाउन खोजे । त्यस्तो अवस्थामा फेरि पनि सांप्रदायिक संवादलाई ध्यान दिनुपर्छ । जातिय सद्भावलाई ध्यान दिनुपर्छ । मिलेर बस्नुपर्दछ भन्ने मान्यतालाई अघि बढाउनुपर्छ । सबैभन्दा पहिला हामी नेपाली हौँ ।’

अध्यक्ष नेपालले मुस्लिम समुदायमा अघि बढ्ने सम्भावना भएकाहरुलाई आफूहरुले अग्रसर गरिरहेको बताएका छन् ।

प्रकाशित मिति २०८२ मंसिर १० गते मंगलबार ०७:०२
हजुरको प्रतिक्रिया