२०८३ साउन २१ गते बिहीबार

नेपाली कम्युनिस्ट पार्टीको आज काठमाडौंमा सन्देश सभा

नेपाली कम्युनिस्ट पार्टीको आज काठमाडौंमा सन्देश सभा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ पुस ५ गते शनिबार ०९:४७

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आज (शनिबार) काठमाडौंमा एकता सन्देश सभा गर्दैछ । नेपाली कम्युनिस्ट पार्टीले भृकुटीमण्डपमा बागमती प्रदेशस्तरीय एकता सन्देश सभा गर्न लागेको हो । सभाका लागि बिहान ११ बजे काठमाडौं उपत्यका तथा...

काठमाडौं ।
नेपाली कम्युनिस्ट पार्टीले आज (शनिबार) काठमाडौंमा एकता सन्देश सभा गर्दैछ । नेपाली कम्युनिस्ट पार्टीले भृकुटीमण्डपमा बागमती प्रदेशस्तरीय एकता सन्देश सभा गर्न लागेको हो ।

सभाका लागि बिहान ११ बजे काठमाडौं उपत्यका तथा वरपरका जिल्लाबाट नेता-कार्यकर्ताहरू र्‍यालीसहित भृकुटीमण्डप पुग्ने भएका छन् ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार काठमाडौंको पश्चिम भेग, चितवन, धादिङ, मकवानपुर र ललितपुरका नेता–कार्यकर्ताहरू सुन्धाराबाट ¥याली सुरू गर्ने छन् ।

रत्नपार्कबाट तारकेश्वर र टोखा नगरपालिका तथा नुवाकोट र रसुवाको ¥याली सुरू हुने छ ।

यस्तै बूढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी-मनोहरा, काठमाडौं क्षेत्र नम्बर ३, ४ र ५ को र्‍याली डिल्लीबजार (चारखाल) तथा काठमाडौं-१ र २, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली र रामेछापको र्‍याली बबरमहलबाट सुरू हुने बताइएको छ ।

मध्यान्ह १२ बजेबाट सुरू हुने एकता सन्देश सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाललगायतका नेताहरूले सम्बोधन गर्ने छन् ।

कार्यक्रम दुई घण्टाभित्रै सम्पन्न हुने बताइएको छ ।

प्रकाशित मिति २०८२ पुस ५ गते शनिबार ०९:४७
हजुरको प्रतिक्रिया