२०८३ साउन २१ गते बिहीबार

माइतीघरमा प्रदर्शन गरेका‘जेनजी’का केही अभियन्ता पक्राउ

माइतीघरमा प्रदर्शन गरेका‘जेनजी’का केही अभियन्ता पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ पुस ७ गते सोमबार १२:१२

काठमाडौं । काठमाडौंको माइतीघरमा सोमबार प्रदर्शनमा उत्रिएका ‘जेनजी’ समूहका केही अभियन्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उक्त स्थानमा प्रदर्शनको अनुमति नदिएकाले अनुमतिविपरीत सडकमा उत्रिएपछि...

काठमाडौं ।

काठमाडौंको माइतीघरमा सोमबार प्रदर्शनमा उत्रिएका ‘जेनजी’ समूहका केही अभियन्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले उक्त स्थानमा प्रदर्शनको अनुमति नदिएकाले अनुमतिविपरीत सडकमा उत्रिएपछि उनीहरूलाई नियन्त्रणमा लिनु परेको प्रहरीले जनाएको छ ।

मिराज ढुंगानालगायत ‘जेनजी’ समूहले सर्वपक्षीय सरकार गठनलगायत विभिन्न माग राख्दै आन्दोलनको घोषणा गरेका थिए । प्रदर्शनका क्रममा शान्ति सुरक्षा कायम गर्न प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित मिति २०८२ पुस ७ गते सोमबार १२:१२
हजुरको प्रतिक्रिया