२०८३ असोज २४ गते शनिबार

मिटरब्याज तथा लघुवित्त पीडितद्वारा काठमाडौंमा प्रदर्शन

मिटरब्याज तथा लघुवित्त पीडितद्वारा काठमाडौंमा प्रदर्शन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ पुस ७ गते सोमबार ०४:५४

उनीहरुले लघुवित्त संस्था खारेज गर्नुपर्ने, मिटरब्याजीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने, सबै नागरिकलाई भूमी उपलब्ध गराउनुपर्ने लगायतका माग राखेका छन् ।

पोखरा ।

मिटरब्याज, लघुवित्त तथा वित्तीय संस्था पीडितहरुले राजधानीमा प्रदर्शन गरेका छन् ।

विभिन्न जिल्लाबाट आएका पिडितहरुले सोमबार काठमाडौंमा राजधानी मार्च गरेका हुन् ।

उनीहरुले लघुवित्त संस्था खारेज गर्नुपर्ने, मिटरब्याजीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने, सबै नागरिकलाई भूमी उपलब्ध गराउनुपर्ने लगायतका माग राखेका छन् ।

आन्दोलनमा सहभागीहरुले सम्पूर्ण जनसमुदाय एक होओँ, फर्जि तमसुक खारेज गर, भूमी अधिकार सुनिश्चित गर, महिला हिंसा बन्द गर, आर्थिक शोषण अन्त्य गर, वित्तीय दलाल मुर्दावाद, पिडितको सम्पत्ति फिर्ता गर लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।

मिटरब्याज, लघुवित्त तथा वित्तीय शोषण र भूमि असमानता विरुद्ध पीडितहरुले संयुक्त रुपमा राजधानीमा मार्च तथा प्रदर्शन गरेका हुन् ।

प्रकाशित मिति २०८२ पुस ७ गते सोमबार ०४:५४
हजुरको प्रतिक्रिया