२०८३ असोज २५ गते आइतबार

अन्तरिम कालको नेतृत्व गर्न दिनुस्, सबैलाई चित्त बुझ्दो गरी राज्यलाई निकास दिन्छौँः महासचिव चन्द

अन्तरिम कालको नेतृत्व गर्न दिनुस्, सबैलाई चित्त बुझ्दो गरी राज्यलाई निकास दिन्छौँः महासचिव चन्द

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ पुस १० गते बिहीबार १२:१६

समाजवादी संघीयता आजको नेपालको ढाँचा हुनुपर्ने उनले उल्लेख गरे । अग्राधिकार सहितको संघीय संरचना बन्नुपर्ने, नेपालका सबै राज्यका अंगमा सबै जनताले अपनत्व ठान्ने गरी पुनःसंरचना हुनुपर्ने माग गरे ।

पोखरा ।

नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्दले १३ सूत्रीय मागहरुबारे १० दिनभित्र छलफल नभए परिवर्तनकारी आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

बिहीबारबाट शुरु भएको केन्द्रिय समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । उनले देशलाई अग्रगामी निकासतिर लैजान जरुरी रहेको र त्यसका लागि सर्वपक्षीय सरकार जरुरी रहेको बताए ।

समाजवादी संघीयता आजको नेपालको ढाँचा हुनुपर्ने उनले उल्लेख गरे । अग्राधिकार सहितको संघीय संरचना बन्नुपर्ने, नेपालका सबै राज्यका अंगमा सबै जनताले अपनत्व ठान्ने गरी पुनःसंरचना हुनुपर्ने माग गरे ।

महासचिव चन्दले अन्तरिम कालको नेतृत्व नेकपा (माओवादी) लाई दिए आन्दोलनकारी, जनता सबैलाई चित्त बुझ्दोगरी राज्यलाई निकास दिनेगरी पहल गर्ने पनि बताए ।

राजनीतिक शक्तिहरुको सहमतिबाट उपयुक्त निकास निकाल्न जरुरी रहेको उनले बताए ।

अहिलेसम्म अपूर्ण रहेका कानूनी, राजनीतिक, प्रशासनिक सबै क्षेत्रका समस्यालाई सम्बोधन गरेर देशलाई निर्वाचनतिर लैजानुपर्ने उनको भनाइ छ ।

महासचिव चन्दले भने, ‘देशलाई अग्रगामी निकासतिर लैजानुपर्छ । अहिलेको सुशीला कार्कीको सरकारलाई पनि छलफलमा ल्याएर एउटा निकास दिनुपर्छ । जनताका अधिकार अधुरा भए, संविधान अपूर्ण भयो, त्यसलाई सम्बोधन गर्नुपर्छ भन्दै आएको हो । समाजवादी संघीयता आजको नेपालको ढाँचा हुनुपर्छ । अग्राधिकार सहितको संघीय संरचना बन्नुपर्छ । नेपालका सबै राज्यका अंगमा सबै जनताले अपनत्व ठान्ने गरी पुनःसंरचना गर्नुपर्छ । यो अन्तरिम कालको नेतृत्व नेकपा (माओवादी) लाई दिइन्छ भने पनि हामी सबै शक्तिलाई आन्दोलनकारी, जनता सबैलाई चित्त बुझ्दोगरी राज्यलाई निकास दिनेगरी पहल गर्दछौँ । राजनीतिक शक्तिहरुको सहमतिबाट उपयुक्त निकास निकाल्नुपर्छ । अहिलेसम्म अपूर्ण रहेका कानूनी, राजनीतिक, प्रशासनिक सबै क्षेत्रका समस्यालाई सम्बोधन गरेर देशलाई चुनावतिर लैजानुपर्छ । राष्ट्रपतिलाई १३ सूत्रीय माग प्रश्तुत गरेका छौँ । हामी प्रधानमन्त्रीज्युलाई पनि भेटेर मागपत्र प्रश्तुत गर्दछौँ । १० दिनसम्म पनि मागपत्रमा छलफल चलाइएन र सुनिएन भने नेपाली जनताको साथबाट जेन–जीसहित नेपालका अग्रगामी राजनीतिक शक्तिहरुसहितको सहभागितामा र सहयोगमा एउटा परिवर्तनकारी, उत्तम निकासको लागि आन्दोलनमा जानेछौँ ।’

महासचिव चन्दले नेपाली राजनीति र कम्यनिष्ट आन्दोलन भूराजनीतिको चपेटामा परेको बताए ।

प्रकाशित मिति २०८२ पुस १० गते बिहीबार १२:१६
हजुरको प्रतिक्रिया