२०८३ साउन २१ गते बिहीबार

नेपाली कम्युनिस्ट पार्टीका संयोजक दाहालसँग सञ्चारमन्त्री खरेलको भेट

नेपाली कम्युनिस्ट पार्टीका संयोजक दाहालसँग सञ्चारमन्त्री खरेलको भेट

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ पुस ११ गते शुक्रबार ०३:०२

भेटमा आगामी प्रतिनिधि सभा निर्वाचनको तयारी, निर्वाचन वातावरण निर्माण र प्रमुख दलहरूबीच सहमति कायम गर्ने विषयमा कुराकानी भएको बताइएको छ ।

पोखरा ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलबीच भेटवार्ता भएको छ ।

सरकारी राजनीतिक संवाद समितिका सदस्यसमेत रहनुभएका मन्त्री खरेलले शुक्रबार दाहाललाई भेटेर समसामयिक राजनीतिक विषयमा छलफल गरेको स्रोतले जनाएको छ ।

भेटमा आगामी प्रतिनिधि सभा निर्वाचनको तयारी, निर्वाचन वातावरण निर्माण र प्रमुख दलहरूबीच सहमति कायम गर्ने विषयमा कुराकानी भएको बताइएको छ ।

यसअघि मन्त्री खरेलले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरेका थिए ।

प्रतिनिधि सभा निर्वाचन गर्ने तयारी गरिरहेका बेला भएको भेटघाटलाई राजनीतिक दलहरूबीच सहमति खोज्ने प्रयासका रूपमा हेरिएको छ ।

प्रकाशित मिति २०८२ पुस ११ गते शुक्रबार ०३:०२
हजुरको प्रतिक्रिया