२०८३ साउन २१ गते बिहीबार

तमु ल्होछार आगमनमा तमु धिंले औषधि उपचारका लागि १० बिरामीलाई २ लाख ५० हजार सहयोग

तमु ल्होछार आगमनमा तमु धिंले औषधि उपचारका लागि १० बिरामीलाई २ लाख ५० हजार सहयोग

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ पुस ११ गते शुक्रबार ०८:४२

पोखरा तमु ल्होछार आगमनको अवसरमा तमु धिं नेपालले शुक्रवार १० जना विरामीलाई २ लाख ५० हजार रुपैया स्वास्थ्योपचारका लागि सहयोग वितरण गरेको छ। तमु समुदायको महान चाड, राष्ट्रिय पर्व तमु ल्होछार आगमनको अवसरमा आयोजित विभिन्न कार्यक्रम...

पोखरा
तमु ल्होछार आगमनको अवसरमा तमु धिं नेपालले शुक्रवार १० जना विरामीलाई २ लाख ५० हजार रुपैया स्वास्थ्योपचारका लागि सहयोग वितरण गरेको छ।

तमु समुदायको महान चाड, राष्ट्रिय पर्व तमु ल्होछार आगमनको अवसरमा आयोजित विभिन्न कार्यक्रम अन्र्तगत तमु धिं नेपालका परमआदरणीय मेजर जयबहादुर–उदय चन्द्र–मेजरनी रुपकुमारी गुरुङ स्वास्थ्योपचार कोषबाट १० जना विरामीलाई जनही २५ हजार रुपैयाको दरले औषधोपचारका लागि सहयोग वितरण गरेको हो।

औषधोपचार सहयोग पाउनेहरुमा मिरुवा तमु समाजका प्रेमकाजी गुरुङ, पोखरा २७ का प्रेमबहादुर कुमाल, तनहुँ तमु समाजकी सितामाया गुरुङ, बाग्लुङ निसिखोलाका राज लोप्चन तामाङ, रुपा २ का डिलबहादुर गुरुङ, पोखरा २९ की मिना नेपाली, खिलाङ गुरुङ समाजका भेषराज गुरुङ खिलाङ गुरुङ, स्याङजा गल्याङकी कलावती पौडेल, ताङतिङ दुधपोखरी तमु समाजकी संगिता गुरुङ र हिमाली गुरुङ परिवार लमजुङ इलमपोखरीकी डिलुमाया गुरुङ रहेका छन् ।

तमु धिं नेपालले पुस १४, १५ र १६ गते पोखरा १, बगर, पुरानो टुँडिखेलमा बिगमार्ट तमु ल्होछार महोत्सव आयोजना गरी उमंगका साथ ल्होछार मनाइरहदा आर्थिक अभावले औषधोपचारमा समस्यामा परेका विरामीहरुलाई उपचारका लागि सहजता होस भनि सहयोग हस्तान्तरण गरेको तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले जानकारी दिनुभयो।

ल्होछार महोत्सवकै अवसरमा तमु धिं नेपालले शनिवार पुरानो टुंडिखेल सरसफाई, पुस १३ गते बिहान तमु ह्युल चोक सरसफाई, बेलुका तमु ह्युलचोकमा दीप प्रज्वलन तथा शुभकामना आदान प्रदान कार्यक्रम राखेको छ । यसरी नै पुस १४ गते शुभकामनासहित बृहत झाँकी र्याली नदिपुर बालमन्दिरचोकबाट भैरवटोल, बिन्दबासिनी, बागबजार हुदै पुरानो टुँडिखेलमा पुगी महोत्सव उद्घाटन समारोहमा परिणत हुने तमु धिं नेपालले जनाएको छ।

प्रकाशित मिति २०८२ पुस ११ गते शुक्रबार ०८:४२
हजुरको प्रतिक्रिया