२०८३ असोज २५ गते आइतबार

रवि–बालेनको सहमतिलाई अनौठो मान्नु पर्दैनः धनराज गुरुङ

रवि–बालेनको सहमतिलाई अनौठो मान्नु पर्दैनः धनराज गुरुङ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ पुस १३ गते आइतबार ०१:००

उनले भने, ‘बालेन र रविको सहमतिलाई मैले अनौठो मानेको छैन । कोको मिल्छन्, कोको जुट्छन्, कोको फुट्छन् । राजनीतिक यात्रामा यो भइरहने हो । त्यसकारण यो अनौठो मान्नुपर्दैन । राजनीतिमा सबै चुनौतिहरु हुन्छन् । राजनीति सरल ढंगबाट अघि बढ्दैन । राजनीति भनेको चुनौति हो । हरेक चुनौतिको सामना गर्न तयार भएको काँग्रेसले राणाकालीन चुनौति, पञ्चायती चुनौति फेस गरेको कारणले अब अहिले आएर कोको मिल्छन् त्यसलाई खासै गम्भीर ढंगले लिएको छैन ।’

पोखरा ।

नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहबीचको मिलन कुनै अनौठो नभएको बताएका छन् ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो टिप्पणी गरेका छन् ।

उनले रास्वपा सभापति रवि लामिछाने र साहबीचको सहमति राजनीतिमा कुनै अनौठो नरहेको बताए । उनले राजनीतिमा कोको जुट्छन् र कोको फुट्छन् भन्नेकुरा काँग्रेसलाई चासोको विषयको नभएको पनि बताए ।

राजनीतिमा फुट्ने र जुट्ने भइरहने भएकाले अनौठो मान्न नहुने उनको भनाइ छ । राजनीतिमा सबैखाले चुनौति आउने भन्दै उनले हरेक चुनौतिको सामना गरेर आएको काँग्रेसले यसलाई गम्भीर रुपमा लिन आवश्यक नरहेको उल्लेख गरे ।

उनले भने, ‘बालेन र रविको सहमतिलाई मैले अनौठो मानेको छैन । कोको मिल्छन्, कोको जुट्छन्, कोको फुट्छन् । राजनीतिक यात्रामा यो भइरहने हो । त्यसकारण यो अनौठो मान्नुपर्दैन । राजनीतिमा सबै चुनौतिहरु हुन्छन् । राजनीति सरल ढंगबाट अघि बढ्दैन । राजनीति भनेको चुनौति हो । हरेक चुनौतिको सामना गर्न तयार भएको काँग्रेसले राणाकालीन चुनौति, पञ्चायती चुनौति फेस गरेको कारणले अब अहिले आएर कोको मिल्छन् त्यसलाई खासै गम्भीर ढंगले लिएको छैन ।’

उपसभापति गुरुङले राजनीति सरल ढंगबाट अघि नबढ्ने बताए ।

प्रकाशित मिति २०८२ पुस १३ गते आइतबार ०१:००
हजुरको प्रतिक्रिया