२०८३ असोज २५ गते आइतबार

जेनजी आन्दोलन जाँचबुझ आयोग : तत्कालीन गृहमन्त्री लेखकको बयान लिन सुरु

जेनजी आन्दोलन जाँचबुझ आयोग : तत्कालीन गृहमन्त्री लेखकको बयान लिन सुरु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ पुस १४ गते सोमबार ०१:२६

गत भदौ २३ गतेको जेन–जी आन्दोलनमा विद्यार्थीहरूमाथि बल प्रयोग गरिएको घटनामा तत्कालीन गृहमन्त्री लेखकसँग सोधपुछ भइरहेको छ ।

पोखरा ।

जेन–जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकको बयान लिन सुरु गरेको छ ।

आयोगको कार्यालय सिंहदरबारमा गएको भदौ २३ र २४ गतेको घटनाका बारेमा बयान सुरु गरिएको आयोगका प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए ।

गत भदौ २३ गतेको जेन–जी आन्दोलनमा विद्यार्थीहरूमाथि बल प्रयोग गरिएको घटनामा तत्कालीन गृहमन्त्री लेखकसँग सोधपुछ भइरहेको छ ।

बयानपछि लेखकले आजै दिउँसो कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत थप धारणा सार्वजनिक गर्ने तयारी पनि गरेका छन् ।

देशभर २१ जनाको मृत्यु भएपछि २३ गते राति नै उनले राजीनामा दिएका थिए ।

आयोगका प्रवक्ता शर्माका अनुसार लेखकको सकिएलगत्तै तत्कालीन प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बयान लिने तयारी छ ।

प्रकाशित मिति २०८२ पुस १४ गते सोमबार ०१:२६
हजुरको प्रतिक्रिया