२०८३ असोज २५ गते आइतबार

विशेष महाधिवेशनलाई सबैको महाधिवेशन बनाउन प्रयासरत छौँः सुनिल शर्मा

विशेष महाधिवेशनलाई सबैको महाधिवेशन बनाउन प्रयासरत छौँः सुनिल शर्मा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ पुस २५ गते शुक्रबार ०४:०३

उनले काँग्रेसको अधिवेशन सभापति शेरबहादुर देउवासहितका नेताहरुको पहलमै हुनुपर्ने भएपनि अहिले पार्टीले गर्न लागेको महाधिवेशनले नयाँ निकास दिने बताए ।

पोखरा ।

नेपाली काँग्रेसका नेता डा. सुनिल शर्माले विशेष महाधिवेशनलाई सबैको महाधिवेशन बनाउने गरी अघि बढिरहेको बताएका छन् ।

शुक्रबार भृकुटीमण्डपमा सञ्चाकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका छन् ।

उनले काँग्रेसको अधिवेशन सभापति शेरबहादुर देउवासहितका नेताहरुको पहलमै हुनुपर्ने भएपनि अहिले पार्टीले गर्न लागेको महाधिवेशनले नयाँ निकास दिने बताए ।

उनले विधानलाई सबैले मान्नुपर्नेमा नैतिक दायित्व र कर्तव्य बिर्सिएर अघि बढ्न नहुने बताए । महाधिवेशले राम्रो निकास दिने उनको विश्वास छ ।

उनले भने, ‘वास्तवमा शेरबहादुर दाईहरुले नै यो अधिवेशन गरिदिनुपर्दथ्यो । किनभने ४० प्रतिशतले भनिसकेको थियो । हाम्रो विधानलाई मान्नुपर्ने दायित्व, नैतिक दायित्व र कर्तव्य पनि उहाँहरुको हो । तर त्यसलाई लत्याउनु भयो । यसलाई सामान्य रुपमा लिनुपर्छ । विशेष महाधिवेशनले एउटा राम्रो निकास निकाल्नेछ । चाँडै पार्टीभित्रका समस्याहरु समाधान हुनेछन् । यो अधिवेशनलाई सबैको अधिवेशन बनाउने प्रयत्नमा हामी छौँ ।’

नेता शर्माले महाधिवेशनसँगै पार्टीभित्रका समस्या पनि चाँडै समाधान हुने बताए ।

प्रकाशित मिति २०८२ पुस २५ गते शुक्रबार ०४:०३
हजुरको प्रतिक्रिया