२०८३ असोज २४ गते शनिबार

पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा राप्रपाको चियापान कार्यक्रम शुरु

पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा राप्रपाको चियापान कार्यक्रम शुरु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ पुस २७ गते आइतबार ०१:५९

पृथ्वीनारायण शाहको ३०४ औं जयन्तीका रूपमा मनाइएको यो दिवसमा देशभर विभिन्न कार्यक्रमहरू भइरहेका छन् ।

पोखरा ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजना गरेको चियापान कार्यक्रम शुरु भएको छ ।

राप्रपाले हरेक वर्ष पुस २७ गते यो कार्यक्रम आयोजना गर्दै आएको छ ।

यस वर्ष पनि काठमाडौंमा आयोजित समारोहमा प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका शिर्ष नेता, पूर्वप्रधानमन्त्रीहरू तथा अन्य विशिष्ट व्यक्तित्वहरूलाई आमन्त्रण गरिएको छ ।

कार्यक्रममा प्रधानमन्त्रीको सहभागितालगायत प्रमुख नेताहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले यसअघि विभिन्न नेताहरूलाई व्यक्तिगत रूपमा निमन्त्रणा दिएका थिए ।

पृथ्वीनारायण शाहको ३०४ औं जयन्तीका रूपमा मनाइएको यो दिवसमा देशभर विभिन्न कार्यक्रमहरू भइरहेका छन् ।

राप्रपाको चियापान समारोहले राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति २०८२ पुस २७ गते आइतबार ०१:५९
हजुरको प्रतिक्रिया