२०८३ असोज २५ गते आइतबार

नेपाली काँग्रेसकोे विशेष महाधिवेशन शुरु

नेपाली काँग्रेसकोे विशेष महाधिवेशन शुरु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ पुस २७ गते आइतबार ०२:३९

महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया बिहानदेखि नै शुरु भएको छ । आयोजकहरूकाअनुसार ६० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको सहभागिता रहने अपेक्षा गरिएको छ ।

पोखरा ।

नेपाली काँग्रेसको विशेष महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको छ ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा आयोजित यो महाधिवेशनको उद्घाटन महामन्त्रीद्वयले बेलुन उडाएर शुरु भएको छ ।

महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया बिहानदेखि नै शुरु भएको छ । आयोजकहरूकाअनुसार ६० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको सहभागिता रहने अपेक्षा गरिएको छ ।

प्रतिनिधि दर्ता शुल्क प्रतिव्यक्ति एक हजार रुपैयाँ तोकिएको छ । यो विशेष महाधिवेशन पार्टी विधानको धारा १७ (२) अनुसार ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरमा आधारित छ ।

महाधिवेशनले पार्टीको नेतृत्व परिवर्तन, नीतिगत पुनरवलोकन, संरचनागत सुधारलगायतका एजेन्डामा छलफल गर्ने जनाइएको छ ।

उद्घाटन सत्रपछि बन्द सत्र शुरु हुने र महाधिवेशन सोमवारसम्म चल्ने कार्यक्रम छ । यद्यपि, पार्टीको संस्थापन पक्ष (सभापति शेरबहादुर देउवा नेतृत्वको) ले यो महाधिवेशनलाई औपचारिक मान्यता दिएको छैन ।

यसलाई विधानविपरीत भएको बताएको छ । संस्थापन पक्षले नियमित १५ औं महाधिवेशनको कार्यतालिका तय भइसकेकाले विशेष महाधिवेशनको औचित्य नभएको धारणा राख्दै आएको छ ।

महाधिवेशन स्थल भृकुटीमण्डपमा हजारौं नेता, कार्यकर्ता र शुभचिन्तकहरूको उत्साहपूर्ण उपस्थिति रहेको छ ।

प्रकाशित मिति २०८२ पुस २७ गते आइतबार ०२:३९
हजुरको प्रतिक्रिया