२०८३ असोज २४ गते शनिबार

विशेष महाधिवेशनमा नाम भएकामध्ये ८८५ जना हताक्षरकर्ता फर्किनुभएको छः पूर्णबहादुर खड्का

विशेष महाधिवेशनमा नाम भएकामध्ये ८८५ जना हताक्षरकर्ता फर्किनुभएको छः पूर्णबहादुर खड्का

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ माघ ३ गते शुक्रबार ११:५३

उनले भने, ‘हस्ताक्षर कर्ता, सहभागी कर्ता भन्नेखालको कुरा आएको छ । ति हस्ताक्षरकर्ता सहभागी मध्ये ८ सय ८५ जनाले त्यसबाट अलग रहेको, फिर्ता लिएको आफ्नो हस्ताक्षरसहित केन्द्रिय कार्यालयमा कार्यवाहक सभापतिलाई सम्बोधन गरेर पठाउनुभएको छ । मुख्यसचिचवले भेला भन्दा पहिलाको पनि र पछिको पनि हस्ताक्षर छ ।’

पोखरा ।

नियमित महाधिवेशन पक्षधर नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनमा सहभागी रहने भनिएका ८ सय ८५ हस्ताक्षरकर्ताहरुले विशेष महाधिवेशनबाट बाहिरिएको जानकारीसहितको हस्ताक्षर पार्टी कार्यालयमा बुझाएको बताएका छन् ।

शुक्रबार निर्वाचन आयोगमा आधिकारिकता दाबी गर्न पुगेका कार्यवाहक सभापति खड्काले यस्तो बताएका हुन् ।

उनले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षरसहित विशेष महाधिवेशन गरेको भनिएको भएपनि ८ सय ८५ हस्ताक्षर कर्ताहरुले हस्ताक्षर फिर्ता लिएको बताए ।

हस्ताक्षर फिर्ता लिएको प्रमाण पार्टी कार्यालयमा मुख्यसचिवलाई कार्यवाहक सभापतिलाई सम्बोधन गरेर बुझाएको उनले बताए ।

विशेष महाधिवेशन भेला भन्दा पहिला र पछिको हस्ताक्षर आफूहरुसँग रहेको उनको भनाइ छ ।

उनले भने, ‘हस्ताक्षर कर्ता, सहभागी कर्ता भन्नेखालको कुरा आएको छ । ति हस्ताक्षरकर्ता सहभागी मध्ये ८ सय ८५ जनाले त्यसबाट अलग रहेको, फिर्ता लिएको आफ्नो हस्ताक्षरसहित केन्द्रिय कार्यालयमा कार्यवाहक सभापतिलाई सम्बोधन गरेर पठाउनुभएको छ । मुख्यसचिचवले भेला भन्दा पहिलाको पनि र पछिको पनि हस्ताक्षर छ ।’

गगन थापा नेतृत्वको नेपाली काँग्रेसले विशेष महाधिवेशनबाट केन्द्रिय कार्यसमिति चयन गरिसकेको छ ।

प्रकाशित मिति २०८२ माघ ३ गते शुक्रबार ११:५३
हजुरको प्रतिक्रिया