२०८३ साउन २१ गते बिहीबार

निर्वाचनमा आचारसंहिता पालना गराउन कुनै कसर बाँकि राखिँदैनः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

निर्वाचनमा आचारसंहिता पालना गराउन कुनै कसर बाँकि राखिँदैनः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ माघ ३ गते शुक्रबार ०२:४९

निर्वाचन आयोगले उम्मेदवारहरुले खर्च गर्न पाउने सीमा निर्धारण गरेकाले सोही अनुसार पालना हुने विश्वास पनि कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले बताए ।

पोखरा ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता पालना गराउन आयोगले कुनै कसर बाँकि नराख्ने बताएका छन् ।

शुक्रबार राजनीतिक दलहरुसँग निर्वाचन आचारसंहिता सम्बन्धि छलफलमा बोल्दै उनले सो कुरा बताएका हुन् ।  उनले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष रुपमा सम्पन्न गराउनका लागि सबै राजनीतिक दल र पक्षलाई आग्रह समेत गरे ।

उनले मुलुकको अर्थतन्त्रलाई समेत ध्यानमा राखेर निर्वाचनमा खर्च गरिदिन पनि विभिन्न राजनीतिक दल, त्यसका उम्मेदवारहरुलाई आग्रह गरे ।

निर्वाचन आयोगले उम्मेदवारहरुले खर्च गर्न पाउने सीमा निर्धारण गरेकाले सोही अनुसार पालना हुने विश्वास पनि कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले बताए ।

उनले भने, ‘नाजायज तरिकाले निर्वाचन आयोगले कुन पनि आचार संहिता बनाउँदैन । कानूनको लक्ष्मण रेखाभित्र रहेर कानूनलाई परिपालन गराउने सन्दर्भमा आचारसंहिता परिपालन गराउने सन्दर्भमा कुनैपनि कसर बाँकि राख्दैन भन्ने कुरा यहाँहरुले विश्वास गर्नुभएकै छ । मैले धेरै व्याख्यात्मक रुपमा उहाँहरुलाई केही भनिन । राम्रोसँग अनुशासित तरिकाले कानूनलाई परिपालन गरिदिनुस् । र खर्च गर्न पाउने त्यो सीमा कति हो, त्यो सीमा भित्र पनि रहिदिनुहोस । किनभने हामीले खर्च पनि निर्धारण गरिसकेका छौँ । खर्च गर्न पाउनेआधार पनि हामीले तोकिदिएका छौ । निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र ढंगले सम्पन्न गर्न सहयोग गरिदिनुस् ।’

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचनमा पैसा लेनदेन भएको पाइए कडा कारबाही हुने चेतावनी समेत दिए ।

प्रकाशित मिति २०८२ माघ ३ गते शुक्रबार ०२:४९
हजुरको प्रतिक्रिया