२०८३ साउन २१ गते बिहीबार

स्याङ्जाका दुवै क्षेत्रमा कांग्रेसका उम्मेदवार तय

स्याङ्जाका दुवै क्षेत्रमा कांग्रेसका उम्मेदवार तय

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ माघ ६ गते सोमबार ०९:३६

पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसले स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । पार्टीले निर्वाचन क्षेत्र नम्बर १ मा भरतराज ढकाल र निर्वाचन क्षेत्र नम्बर २ मा भागवत...

स्याङ्जा-१ मा भरतराज ढकाल र २ मा भागवत प्रकाश मल्ल

पोखरा ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसले स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । पार्टीले निर्वाचन क्षेत्र नम्बर १ मा भरतराज ढकाल र निर्वाचन क्षेत्र नम्बर २ मा भागवत प्रकाश मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । उम्मेदवारको अन्तिम नामावली टुंगिएसँगै स्याङ्जामा चुनावी सरगर्मी बढेको छ ।

ढकाल मुक्तिनाथ विकास बैंकका पूर्व अध्यक्ष तथा मुक्तिनाथ कृषि कम्पनीका सिइओ हुन् । मल्ल अघिल्लो कार्यकालका गण्डकी प्रदेश सभा सदस्य हुन् ।

निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसका ढकालसँगै अन्य मुख्य दलहरूले पनि आफ्ना उम्मेदवार चुनावी मैदानमा उतारेका छन् । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धनञ्जय रेग्मी र नेकपा एमालेबाट मीनप्रसाद गुरुङ उम्मेदवार बनेका छन् । यस्तै, नेकपाले शैलेन्द्र घिमिरेलाई उम्मेदवारका रूपमा अघि सारेको छ । भोलि मंगलबार हुने मनोनयन दर्ताका लागि दलहरूले आ–आफ्नो तर्फबाट तयारी पूरा गरेका छन् ।

त्यसैगरी, निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेसका उम्मेदवार मल्लको प्रतिस्पर्धा एमालेका खिमबहादुर थापासँग हुने देखिएको छ । सो क्षेत्रमा रास्वपाले झविलाल डुम्रेलाई टिकट दिएको छ भने नेकपाले पदम विकलाई उठाएको छ । सबै दलले आफ्ना उम्मेदवारको नाम सार्वजनिक गरेपछि मतदाताहरूमा पनि नयाँ उत्साह देखिएको छ । उम्मेदवारी दर्ताका लागि भोलि बिहान १० देखि साँझ ५ बजेसम्मको समय तोकिएको छ ।

प्रकाशित मिति २०८२ माघ ६ गते सोमबार ०९:३६

हजुरको प्रतिक्रिया