पोखरा ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
उनले मंगलबार दिउँसो निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् । मनोनयनका लागि ओली सोमबार नै झापा गएका थिए ।

मनोनयन दर्ताअघि उनले जेन–जी आन्दोलनका क्रममा क्षति भएका संरचनाहरूको अवलोकनसमेत गरेका छन् ।
झापा–५ ओलीको गृह क्षेत्र हो । जहाँ उनले यसअघिका निर्वाचनहरूमा लगातार विजय हासिल गरेका छन् ।
यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहले पनि मनोनयन दर्ता गराएका छन् ।
आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा झापा–५ उच्च चर्चामा रहेको क्षेत्र बनेको छ ।
प्रकाशित मिति २०८२ माघ ७ गते मंगलबार ०२:४१