२०८३ असोज २४ गते शनिबार

कास्कीमा रास्वपाका उमेदवार : गनेस, उत्तम र बीना

कास्कीमा रास्वपाका उमेदवार : गनेस, उत्तम र बीना

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ माघ ७ गते मंगलबार ०२:०४

पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रास्वपाले कास्कीका ३ वटै निर्वाचन क्षेत्रमा उमेदवारी दर्ता गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट कास्की १ मा खड्कराज पौडेल ‘गनेस’, क्षेत्र नं. २ मा उत्तम पौडेल र क्षेत्र...

पोखरा ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रास्वपाले कास्कीका ३ वटै निर्वाचन क्षेत्रमा उमेदवारी दर्ता गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट कास्की १ मा खड्कराज पौडेल ‘गनेस’, क्षेत्र नं. २ मा उत्तम पौडेल र क्षेत्र नं. ३ मा बीना गुरुङको उम्मेदवारी दर्ता भएको हो ।

कास्की क्षेत्र नं. १ मा  रास्वपाका उमेदवार गनेसको समर्थकमा संगिता गौतम तिमिल्सिना र प्रस्तावक श्रीकृष्ण न्यौपाने रहेका छन्।

क्षेत्र नं. १ मा नेकपाबाट राजकाजी गुरूङ करण, उज्यालो नेपाल पार्टीको तर्फबाट मनिषा द्वा, राष्ट्रिय जनमोर्चाबाट रबिमोहन ढकाल र प्रगतिशिल लोकतान्त्रिक पार्टीको तर्फबाट कर्ण बहादुर गुरुङले उमेदवारी दर्ता गराईसकेका छन् । यस्तै कृष्ण बहादुर राउतले स्वतन्त्र उमेदवारी दिएका छन् । यहाँ कांग्रेसबाट तिलक रानाभाट, एमालेबाट बैन बहादुर अधिकारी क्षेत्री को उमेदवारी दर्ता हुदैछ।

कास्की क्षेत्र नम्बर २ मा रास्वपाबाट उमेदवार बनेका उत्तम पौडेलको समर्थकममा दिपेन्द्र पोखरेल र प्रस्तावकमा योगेन्द्र बहादुर केसी रहेका छन् ।

यस क्षेत्रमा नेकपाबाट हेम बहादु थापा अमोदले उमेदवारी दर्ता गरेका छन् । बिष्णु प्रसाद तिवारीले स्वतन्त्र उम्मेद्वारी दिएका छन् । क्षेत्र नं. २ बाट नेपाली काङ्ग्रेसबाट माधवप्रसाद बास्तोला (मधु) र एमालेबाट रश्मी आचार्य चुनावी मैदानमा छन् ।

कास्की ३ मा रास्वपाका बीना गुरूङको उम्मेदवारी दर्ता भएको छ । यो क्षेत्रमा नेकपाबाट गोपाल गिरी, एमालेबाट दामोदर बैरागी र नेपाली कांग्रेसबाट मनोज गुरूङ उम्मेदवार छन्।

 

प्रकाशित मिति २०८२ माघ ७ गते मंगलबार ०२:०४
हजुरको प्रतिक्रिया