२०८३ असोज २४ गते शनिबार

काँग्रेस महामन्त्री पौडेलले गराए काठमाडौं–५ मा मनोनयन दर्ता

काँग्रेस महामन्त्री पौडेलले गराए काठमाडौं–५ मा मनोनयन दर्ता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ माघ ७ गते मंगलबार ०४:४१

यसपटक पनि पौडेल र पोखरेल आमने–सामने भएका छन् । यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्वअध्यक्ष कमल थापालाई उम्मेद्वार बनाएको छ ।

पोखरा ।

नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

महामन्त्री पौडेलले मंगलबार निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् । पौडेलले यसअघि २०७९ मा भएको निर्वाचनमा पनि यही क्षेत्रबाट उम्मेद्वार भएर जित हासिल गरेका थिए ।

काठमाडौ– ५ मा नेकपा एमालेले ईश्वर पोखरेललाई उम्मेद्वार बनाएको छ । गत निर्वाचनमा पनि पौडेल र पोखरेलबीच नै प्रतिष्पर्धा भएको थियो ।

यसपटक पनि पौडेल र पोखरेल आमने–सामने भएका छन् । यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्वअध्यक्ष कमल थापालाई उम्मेद्वार बनाएको छ ।

शीर्ष नेताहरुको प्रतिष्पर्धा हुने भएकोले काठमाडौ क्षेत्र नम्बर ५ को निर्वाचन रोचक हुने भएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागी मंगलवार देशभर मनोनयन दर्ता भइरहेको छ ।

प्रकाशित मिति २०८२ माघ ७ गते मंगलबार ०४:४१
हजुरको प्रतिक्रिया