२०८३ असोज २४ गते शनिबार

एमाले सचिव महेश बस्नेतले भक्तपुर– २ बाट मनोनयन दर्ता गराए

एमाले सचिव महेश बस्नेतले भक्तपुर– २ बाट मनोनयन दर्ता गराए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ माघ ७ गते मंगलबार ०४:४५

उनी गत निर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्वार दुर्लभ थापासँग पराजित भएका थिए भने २०७० र २०७४ सालमा भने सो क्षेत्रबाट निर्वाचित भएका थिए ।

पोखरा ।

नेकपा (एमाले) का सचिव महेश बस्नेतले प्रतिनिधि सभा निर्वाचनका लागि भक्तपुरको निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

सचिव बस्नेतले मंगलबार दिउँसो निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् ।

उनी गत निर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्वार दुर्लभ थापासँग पराजित भएका थिए भने २०७० र २०७४ सालमा भने सो क्षेत्रबाट निर्वाचित भएका थिए ।

काँग्रेसले भने यस क्षेत्रबाट कविर राणालाई उम्मेद्वार बनाएको छ ।

आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मंगलबार देशभर मनोनयन दर्ता भइरहेको छ ।

प्रकाशित मिति २०८२ माघ ७ गते मंगलबार ०४:४५
हजुरको प्रतिक्रिया