२०८३ असोज २४ गते शनिबार

बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता

बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ माघ १० गते शुक्रबार ०२:१९

डा. भट्टराईले संसदबाहिर रहेर राजनीतिक दल, समूह र भावी सरकारलाई सल्लाह–सुझाव दिने र अभिभावकीय भूमिका निर्वाह गर्ने निर्णय गरेर उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।

पोखरा ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी फिर्ता लिएका छन् ।

उनले गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका थिए ।

डा. भट्टराईले संसदबाहिर रहेर राजनीतिक दल, समूह र भावी सरकारलाई सल्लाह–सुझाव दिने र अभिभावकीय भूमिका निर्वाह गर्ने निर्णय गरेर उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।

वर्तमान राजनीतिक अन्योल, राष्ट्रिय स्वाधीनता, संविधान सुधार, शान्ति प्रक्रियाका बाँकी काम र आर्थिक समृद्धिका मुद्दामा बाहिरबाट सक्रिय रहनु उपयुक्त हुने निष्कर्षमा पुगेको उनको भनाई छ ।

प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा.भट्टराईले उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हुन् ।
गोरखा–२ मा नेपालीका कांग्रेसका प्रकाशचन्द्र दवाडी, एमालेका मिलन गुरुङ (चक्रे मिलन ), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट लेखनाथ न्यौपाने, रास्वपाबाट महामन्त्री कविन्द्र बुर्लाकोटीलगायत उम्मेदवार छन् ।

प्रकाशित मिति २०८२ माघ १० गते शुक्रबार ०२:१९
हजुरको प्रतिक्रिया