२०८३ साउन २१ गते बिहीबार

प्रदेश र स्थानीय निर्वाचन भन्दा अगाडि नै अधिवेशन भइसक्छः सभापति थापा

प्रदेश र स्थानीय निर्वाचन भन्दा अगाडि नै अधिवेशन भइसक्छः सभापति थापा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ माघ १८ गते शनिबार १२:५७

उनले प्रदेशको टिकटका लागि अब कसैले पनि पार्टी सभापति, महामन्त्रीको घर धाउनु नपर्ने बताए । पार्टीमा कुनै गुट नरहेको दाबी गर्दै उनले विगतको जस्तो ६०÷४० को भागबण्डा अब सकिएको बताए ।

पोखरा ।

नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले प्रदेश र स्थानीय निर्वाचन भन्दा पहिला नै काँग्रेसको नियमित महाधिवेशन भइसक्ने बताएका छन् ।

शनिबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ पार्टी कार्यकर्ताहरुसँगको भेटघाटका क्रममा उनले यस्तो बताएका हुन् ।

उनले नेपाली काँग्रेसको नयाँ अधिवेशनले पार्टीमा निर्वाचनको टिकट तल्लो तहबाट बाँड्ने कामको थालनी हुने जिकिर गरे ।

उनले प्रदेशको टिकटका लागि अब कसैले पनि पार्टी सभापति, महामन्त्रीको घर धाउनु नपर्ने बताए । पार्टीमा कुनै गुट नरहेको दाबी गर्दै उनले विगतको जस्तो ६०÷४० को भागबण्डा अब सकिएको बताए ।

काँग्रेसले पार्टीभित्र पनि भागबण्डा नगर्ने र बाहिर पनि नगर्ने पनि उनले घोषणा गरे । सबैलाई समान व्यवहार गर्ने गरीकन पार्टी चल्ने उनको भनाइ छ ।

उनले भने, ‘अब नयाँ स्थानीय चुनाव भन्दा नयाँ प्रदेशको चुनाव भन्दा अगाडि पार्टीको अधिवेशन भइसक्छ । नेपाली काँग्रेसको नयाँ अधिवेशनले पार्टीका सबै कुराहरु, चुनावको टिकट प्राइमरीबाट वडाको साथीहरुले छान्नुहुन्छ, तलको साथीहरुले छान्नुहुन्छ । प्रदेशको टिकटका लागि अब कसैले पनि पार्टी सभापति, महामन्त्रीको घर धाउनु पर्दैन । पार्टीमा कुनै गुट पनि छैन । हिजोको जस्तो ६०÷४० सकियो अब । काँग्रेसले पार्टीभित्र पनि भागबण्डा गर्दैन, बाहिर पनि गर्दैन । सबैलाई समान व्यवहार गर्नेगरीकन पार्टी चल्छ । नागरिक र पार्टीलाई बलियो बनाउने अभिायन पार्टीभित्र शुरु भएको छ । यो बदलिँदो काँग्रस हो । पार्टी सभापतिको अध्याँरो कोठामा कोहीसँग पनि सम्बन्ध हुँदैन ।’

सभापति थापाले काँग्रेस अब परिवर्तनतर्फ अघि बढिरहेको भन्दै बदलिएको काँग्रेसले नेपाल बदल्ने संकल्प गरेर आएको बताए ।

प्रकाशित मिति २०८२ माघ १८ गते शनिबार १२:५७
हजुरको प्रतिक्रिया