पोखरा ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति एवं राष्ट्रिय सभा सदस्य कमला पन्तले सदाचारमैत्री शासन प्रणाली स्थापना नगरी सुशासनको प्रत्याभुति हुन नसक्ने बताएकी छिन् ।
राष्ट्रिय सभाको सोमबारको बैठकमा राष्ट्रिय सदाचार नीतिसम्बन्धी अध्ययन प्रतिवेदन पेश गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले देशमा व्याप्त भ्रष्टाचार अन्त्य गर्न मुहानबाटै निरोधात्मक उपाय अपनाउनुपर्ने र शासकीय सुधारका प्रवद्र्धनात्मक क्रियाकलाप कार्यान्वयन गर्न सदाचार नीति आवश्यक रहेको बताइन् ।
विगतमा सरकारले राष्ट्रिय सदाचार नीति लागू गर्ने प्रयास गरे पनि सरोकारवालासँग पर्याप्त छलफल र सहमति नजुट्दा हालसम्म नीति कार्यान्वयन हुन नसकेको उनको भनाइ छ ।
उनले आर्थिक अनुशासनहीनता, अनियमितता तथा बढ्दो भ्रष्टाचारका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि प्रभावित हुँदै आएको समेत उल्लेख गरिन् । उनले सबै तहमा सुशासनको प्रत्याभुति गराउन कानूनि, नीतिगत र संस्थागत विकास गर्न अपरीहार्य रहेको बताइन् ।
उनले भनिन्, ‘सदाचारमैत्री शासन प्रणाली स्थापना नगरी सुशासनको प्रत्याभुति हुन सक्दैन । देशमा व्याप्त भ्रष्टाचार अन्त्य गर्न मुहानबाट नै निरोधातमक उपाय अपनाउने र शासकीय सुधारका प्रवद्र्धनात्मक क्रियाकलाप कार्यान्वयन गर्ने माध्यमका रुपमा सदाचार नीतिको आवश्यकता देखिएको छ । सरकारले विगतमा राष्ट्रिय सदाचार नीति लागू गर्ने प्रयास गरेको भएपनि सरोकारवालासँग पर्याप्त छलफल र सहमति जुटाउन नसक्दा उक्त नीति हालसम्म पनि लागु हुन सकेको छैन । यसमा व्याप्त आर्थिक अनुशासनहीनता, अनियमितता एवं बढ्दो भ्रष्टाचारका कारण राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि राम्रो हुन सकेको छैन ।’
उनले सदाचारमैत्री शासन प्रणाली स्थापना नगरी कुनैपनि तहमा सुशासनको प्रत्याभुति हुन नसक्ने दोहो¥याइन् ।
प्रकाशित मिति २०८२ माघ २० गते सोमबार ०३:११




