२०८३ साउन २१ गते बिहीबार

फागुन २१ को निर्वाचन नयाँ राजनीतिक संस्कृतिको प्रस्थानबिन्दुः प्रधानमन्त्री कार्की

फागुन २१ को निर्वाचन नयाँ राजनीतिक संस्कृतिको प्रस्थानबिन्दुः प्रधानमन्त्री कार्की

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ माघ २० गते सोमबार ०४:०६

उनले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा व्यवस्था मजबुत पारिएको बताइन् । उनले जेन–जी विद्रोहका क्रममा लुटिएका हतियारमध्ये अधिकांश बरामद भइसकेको जानकारी समेत सभालाई गराइन् ।

पोखरा ।

प्रधानमन्त्री सुशीला कार्कीले २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन केवल जनप्रतिनिधि पठाउने प्रक्रिया मात्र नभई नयाँ राजनीतिक संस्कृतिको प्रस्थानबिन्दु बनाउनुपर्ने बताएकी छिन् ।

राष्ट्रिय सभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको मनोनयन प्रक्रिया सम्पन्न भइसकेको उल्लेख गर्दै राज्यका स्रोत तथा साधन निर्वाचनमा केन्द्रित गरिएको बताइन् ।

उनले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा व्यवस्था मजबुत पारिएको बताइन् । उनले जेन–जी विद्रोहका क्रममा लुटिएका हतियारमध्ये अधिकांश बरामद भइसकेको जानकारी समेत सभालाई गराइन् ।

सार्वजनिक निकायका कामकारबाहीलाई पारदर्शी र उत्तरदायी बनाउँदै भ्रष्टाचार न्युनिकरणमा पूर्ण प्रतिवद्धताका साथ सरकार अघि बढिरहेको दाबी समेत उनले गरिन् ।

प्रधानमन्त्री कार्कीले भ्रष्टाचार न्युनिकरणसम्बन्धी रणनीतिक योजना तथा प्रविधिमा आधारित सुशासनको मार्गचित्र निर्माणको तयारी अन्तिम चरणमा पुगेको जानकारी समेत सभालाई गराइन् ।

उनले भनिन्, ‘सार्वजनिक निकायका कामकारबाहीलाई पारदर्शी र उत्तरदायी बनाई भ्रष्टाचार न्यूनिकरणमा पूर्ण प्रतिबद्धताका साथ सरकार लागिपरेको छ । भ्रष्टाचार न्यूनिकरणसम्बन्धी रणनीतिक योजना तथा प्रविधिमा आधारित सुशासनको मार्गचित्र तयारीको कार्य अन्तिम चरणमा पुगेको छ । अगामी २१ फागुनमा हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि उम्मेदवारको मनोनयन सम्पन्न भएको छ । राज्यका स्रोत साधन निर्वाचनमा केन्द्रित भएका छन् । जेनजी विद्रोहका क्रममा लुटिएका हतियारमध्ये अधिकांश बरामद भइसकेको र सुरक्षाको पूर्ण प्रत्याभूति गरिएको छ । एकीकृत निर्वाचन सुरक्षा योजना सुदृढ गरी कार्यान्वयनमा ल्याइएको छ । सबै सुरक्षा निकाय परिचालित गरिएको छ । यो निर्वाचन सदनमा जनप्रतिनिधि पठाउने प्रक्रिया मात्र होइन । यो नेपालको नयाँ राजनीतिक संस्कृतिको प्रस्थानबिन्दु बन्नुपर्दछ भन्ने मेरो सविनय आग्रह छ ।’

निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न सहयोगका लागि उनले राजनीतिक दलहरुलाई अपिल समेत गरिन् ।

प्रकाशित मिति २०८२ माघ २० गते सोमबार ०४:०६
हजुरको प्रतिक्रिया