२०८३ असोज २४ गते शनिबार

जनयुद्धकालीन संकल्प र दृढतासहित अघि बढ्छौँ : प्रचण्ड

जनयुद्धकालीन संकल्प र दृढतासहित अघि बढ्छौँ : प्रचण्ड

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ फागुन १ गते शुक्रबार ०१:३४

गरिब, महिला, आदिवासी जनजातिले रगत नबगाएको भए समावेशी र समानुपातिक गणतन्त्रमा सम्भव नहुने भन्दै प्रचण्डले जनयुद्धकालीन संकल्प र दृढतासहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

पोखरा ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले रुकुम पूर्वबाट जनयुद्व दिवसको शुभकामना व्यक्त गरेका छन् ।

३१ औं ‘जनयुद्ध दिवस’ को अवसरमा प्रचण्डले जनयुद्वको किल्ला रुकुमपूर्व आईपुग्दा जनयुद्धका स्मरणहरू ताजा भएको बताए ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा गरिब, महिला तथा आदिवासी जनजातिको योगदान निर्णायक रहेको उल्लेख गरे ।

गरिब, महिला, आदिवासी जनजातिले रगत नबगाएको भए समावेशी र समानुपातिक गणतन्त्रमा सम्भव नहुने भन्दै प्रचण्डले जनयुद्धकालीन संकल्प र दृढतासहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाली जनताको आत्मनिर्णयको अधिकारको रक्षा गर्ने अभियानमा आफु लागेको उनले बताए ।

२०५२ फागुन १ गते तत्कालिन माओवादीले देशभर विद्रोह सुरु गरेको दिनको सम्झनामा ‘जनयुद्ध दिवस’ मनाइन्छ ।

फागुन २१ को निर्वाचनका लागि रुकुम पूर्वका उम्मेदवार रहेका प्रचण्डले रुकुम पूर्वको महत गाउँ स्थित युद्ध स्मृति पार्क पुगेर सहिदका सालिक माथि माल्यार्पण गरेका छन् ।

प्रकाशित मिति २०८२ फागुन १ गते शुक्रबार ०१:३४
हजुरको प्रतिक्रिया