२०८३ साउन २१ गते बिहीबार

रास्वपा सभापति लामिछानेको घोषणा– देश–मधेस विभाजित गर्ने राजनीतिको अन्त्य गर्छौं

रास्वपा सभापति लामिछानेको घोषणा– देश–मधेस विभाजित गर्ने राजनीतिको अन्त्य गर्छौं

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ फागुन १३ गते बुधबार ०३:३८

उनले भने, ‘देश र मधेसकलाई विभाजित गर्ने राजनीतिको अन्त्य गर्न खोजेका हौँ । हामीले यसअघिको निर्वाचनमा सुशासनको कुरा गर्यौं । हामीले विभदेको कुरा गर्न अलि चुक्यौँ । हामीले जति चर्को रुपमा सुशासनको कुरा गर्यौँ त्यतिकै चर्को आवाजमा विभेदको कुरा गर्न सकेनौँ । तर यसपटक हामीले विभेदको अन्त्य सँगै सुशासनको स्थापना गर्न प्रतिवद्धताका साथ आएका छौँ ।’

पोखरा ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देश र मधेसलाई विभाजित गर्ने राजनीतिको अन्त्य गर्ने घोषणा गरेका छन् ।

बुधबार जनकपुरधाम मन्दिर परिक्रमा गर्ने क्रममा कार्यकर्तालाई सम्बोधन गर्दै उनले सो घोषणा गरेका हुन् ।

अघिल्लो निर्वाचनमा सुशासनको मुद्दा बलियो रूपमा उठाए पनि विभेदको विषयमा पर्याप्त आवाज उठाउन नसकेको स्वीकार गर्दै उनले विभेदको अन्त्य र सुशासनको स्थापना रास्वपाको प्रमुख एजेण्डा भएको बताए ।

उनले भने, ‘देश र मधेसकलाई विभाजित गर्ने राजनीतिको अन्त्य गर्न खोजेका हौँ । हामीले यसअघिको निर्वाचनमा सुशासनको कुरा गर्यौं । हामीले विभदेको कुरा गर्न अलि चुक्यौँ । हामीले जति चर्को रुपमा सुशासनको कुरा गर्यौँ त्यतिकै चर्को आवाजमा विभेदको कुरा गर्न सकेनौँ । तर यसपटक हामीले विभेदको अन्त्य सँगै सुशासनको स्थापना गर्न प्रतिवद्धताका साथ आएका छौँ ।’

जनकपुरधामलाई पर्यटकीय केन्द्र बनाउने गरी पार्टीले कार्यक्रम अघि सार्ने वाचा पनि उनले गरेका छन् ।

उनीसंगै कार्यक्रममा धनुषा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार मनिष झाको समेत उपस्थिति थियो ।

प्रकाशित मिति २०८२ फागुन १३ गते बुधबार ०३:३८
हजुरको प्रतिक्रिया