२०८३ साउन २१ गते बिहीबार

लैङ्गिक समावेशितामा निर्वाचन आयोग कहिल्यै चुक्दैनः आयुक्त डा. जानकी तुलाधर

लैङ्गिक समावेशितामा निर्वाचन आयोग कहिल्यै चुक्दैनः आयुक्त डा. जानकी तुलाधर

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ फागुन १६ गते शनिबार ११:५०

आयोगको पहलका कारण अहिले अधिकांश दलहरूमा महिला नै सम्पर्क व्यक्तिको रूपमा रहेको पनि उनले बताइन् ।
६ हजार ७ सय ४३ वटा मतदान केन्द्रमा सूचना सम्पर्क स्थापित गर्नेगरी आयोगले ७ सय ५३ वटै स्थानीय तहमा लैङ्गिक सम्पर्क व्यक्ति तोकेको डाक्टर तुलाधरले बताइन् ।

पोखरा ।

निर्वाचन आयोगले लैङ्गिक समावेशिता सम्बन्धी नीति कार्यान्वयन गर्दै निर्वाचन प्रक्रियाका प्रत्येक चरणमा महिला सहभागितालाई प्राथमिकतामा राखेको छ ।

संविधान र कानूनले निर्देशित गरे बमोजिम समावेशी निर्वाचन गराउन राजनीतिक दल, मतदान केन्द्र तथा आयोगमा लैगिक सम्पर्क व्यक्ति तोकेको छ ।

न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्दै आयोगका आयुक्त डाक्टर जानकीकुमारी तुलाधरले संविधान र कानूनले निर्देश गरे बमोजिम आयोग लैङ्गिक समावेशी निर्वाचन गराउन सदैव प्रतिवद्ध रहेको बताएकी हुन् ।

आयुक्त डाक्टर तुलाधरले निर्वाचन आयोगले प्रत्येक राजनीतिक दललाई निर्वाचन सम्पर्क व्यक्तिको रूपमा महिलालाई नै पठाउन पनि अनुरोध गरेको पनि स्पष्ट पारिन् ।

आयोगको पहलका कारण अहिले अधिकांश दलहरूमा महिला नै सम्पर्क व्यक्तिको रूपमा रहेको पनि उनले बताइन् ।

६ हजार ७ सय ४३ वटा मतदान केन्द्रमा सूचना सम्पर्क स्थापित गर्नेगरी आयोगले ७ सय ५३ वटै स्थानीय तहमा लैङ्गिक सम्पर्क व्यक्ति तोकेको डाक्टर तुलाधरले बताइन् ।

उनले भनिन्, ‘लैङ्गिक समावेशिताको कुरालाई सम्बोधन गर्दै आयोगले ६ हजार ७ सय ४३ वटै मतदान केन्द्रमा सूचना संप्रेषणका लागि ७ सय ५३ स्थानीय तहमो लैंगिक सम्पर्क व्यक्तिलाई राखेका छौँ । हामीले आयोगमा पनि लैंगिक सम्पर्क व्यक्ति राखिएको छ । लैङ्गिक समावेशिताको दृष्टिले कहीँ कतै आयोग नचुकोस् भन्नको लागि हामी सचेत छौँ । राजनीतिक दलहरुलाई पनि लैंिगक सम्पर्क व्यक्ति राख्न भनेका छौँ । उहाँहरुले त्यहीअनुसार व्यवस्था पनि गर्नुभएको छ । हामीले यसअघि २०७९ को निर्वाचनमा पनि भएसम्म हामीले महिलालाई नै मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिएका थियौँ । छौँ । अहिले पनि हामीले महिला निर्वाचन अधिकृतहरुलाई परिचालन गर्ने सन्दर्भमा उच्च प्राथमिकता दिएका छौँ । यो एउटा महत्वपूर्ण उदाहरण छ । अर्को मात्रै यहाँले सुनिरहनुभएको पनि छ मतदाता शिक्षाको लागि हामीले ६ हजार ७ सय ४३ वटै वडामा स्वयंसेविका महिलालाई नै परिचालन गरेका छौँ । त्यसैले लैंगिक समावेशिता पालना गर्ने कुरामा आयोग सदैव प्रतिवद्ध रहेको छ भन्ने विश्वस्त दिलाउन पनि चाहन्छु ।’
उनले मतदान केन्द्रहरुलाई पनि महिला तथा अपाङ्गता मैत्री बनाउनेमा आयोग सचेत अनि गम्भीर रहेको स्पष्ट पारिन् ।

फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि तीन जना मुख्य निर्वाचनअधिकृत र १८ जना निर्वाचन अधिकृत गरी २१ जना महिला निर्वाचन अधिकृत खटिएका छन् ।

प्रकाशित मिति २०८२ फागुन १६ गते शनिबार ११:५०
हजुरको प्रतिक्रिया