२०८३ असोज २४ गते शनिबार

लमजुङमा रास्वपाका धर्मराज केसी विजयी

लमजुङमा रास्वपाका धर्मराज केसी विजयी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ फागुन २३ गते शनिबार ०४:१६

केसीले ३३ हजार ८९८ मत ल्याउदा गुरूङले १६ हजार ८७६ मत मात्र ल्याएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

पोखरा ।

लमजुङमा एमालेका पृथ्वी सुब्बा गुरूङ पराजित भएका छन् ।

रास्वपाका धर्मराज केसीसंग १७ हजार २२ को फराकिलो मतान्तरले उनी पराजित भएका हुन् ।

केसीले ३३ हजार ८९८ मत ल्याउदा गुरूङले १६ हजार ८७६ मत मात्र ल्याएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

कांग्रेसका गमप्रसाद गुरूङले १६ हजार ५६९ मत प्राप्त गरेका छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा कुल ७५ हजार ४६० मत खसेको थियो ।

जसमध्ये ७३ हजार १० मत सदर भएको थियो ।

प्रकाशित मिति २०८२ फागुन २३ गते शनिबार ०४:१६
हजुरको प्रतिक्रिया