२०८३ असोज २४ गते शनिबार

मुगु बाहेक अन्य जिल्लामा मतगणना जारी, आइतबार साँझसम्म मतपरिणाम आईसक्ने

मुगु बाहेक अन्य जिल्लामा मतगणना जारी, आइतबार साँझसम्म मतपरिणाम आईसक्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ फागुन २३ गते शनिबार ०५:११

उनले शनिबार साँझसम्म धेरै निर्वाचन क्षेत्रको परिणाम आउने अपेक्षा गरिएको जानकारी दिए ।  शनिबारदेखि मतगणना शुरु भएका केही निर्वाचन क्षेत्रको अन्तिम परिणाम भने आईतबार साँझसम्म सार्वजनिक गरिसक्ने उनको भनाई छ ।

पोखरा ।

प्रतिनिधि सभा सदस्यको निर्वाचन पश्चात देशभरका अधिकांश निर्वाचन क्षेत्रमा मतगणना कार्य जारी रहेको छ ।

निर्वाचन आयोगकाअनुसार मुगु जिल्ला बाहेक अन्य ७६ जिल्लामा मतगणना भइरहेको हो । मतपेटिका ढुवानीमा देखिएको समस्याका कारण मुगुमा भने मतगणना कार्य शुरु गर्न ढिलाई भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जी.सी. ले जानकारी दिए ।

उनकाअनुसार भौगोलिक विकटताका कारण मुगुमा मतपेटिका ढुवानी शनिबार बिहान मात्रै सकिएको हो । यस्तै, सङ्खुवासभा र गोरखा जिल्लाका मतपेटिका पनि शनिबार बिहान मात्र हेलिकप्टरमार्फत ढुवानी गरिएको उनले जानकारी दिए ।

ती दुवै जिल्लामा अहिले मतगणना शुरु भइसकेको उनले बताए ।आयोगकाअनुसार मतगणनासँगै परिणाम आउने क्रम पनि जारी रहेको छ ।

हालसम्म आयोगको प्रणालीमा ५४ जिल्लाको मतपरिणाम प्राप्त भइसकेको उनले जानकारी दिए ।

उनले शनिबार साँझसम्म धेरै निर्वाचन क्षेत्रको परिणाम आउने अपेक्षा गरिएको जानकारी दिए ।  शनिबारदेखि मतगणना शुरु भएका केही निर्वाचन क्षेत्रको अन्तिम परिणाम भने आईतबार साँझसम्म सार्वजनिक गरिसक्ने उनको भनाई छ ।

उनले भने, ‘हालसम्म देशभरका सबै निर्वाचन क्षेत्रमा मतगणना कार्य जारी छ । एउटा मात्रै जिल्ला मुगु जिल्लाको ढुवानी कार्य भौगोलिक विकटताका कारण अलि समस्या भएको हुँदा अहिले सर्वदलिय बैठक बसिरहेको छ । अहिले ४ बजेबाट मतगणना सुचारु हुने जानकारी प्राप्त भएको छ भने सङ्खुवासभा र गोरखाको पनि हेलिकप्टरबाट आज विहान मात्रै मतपेटिका ढुवानी भएको छ । ती दुई वटा जिल्लाको पनि मतगणना शुरु भईसकेको छ । अब मुगु जिल्ला बाहेक सवै निर्वाचन क्षेत्रमा मतगणना कार्य जारी छ । मतगणनासँगै परिणाम आउने क्रम पनि जारी छ । हालसम्म निर्वाचन आयोगको प्रणालीमा ५४ जिल्ला जिल्लाको मतपरिणाम प्राप्त भएको छ । आज साँझसम्म धेरै निर्वाचन क्षेत्रको परिणाम आईसक्छ । आजबाट मतगणना शुरु भएको केही निर्वाचन क्षेत्रको भोलीसम्म पनि जान सक्छ । भोली साँझसम्म मत परिणाम सार्वजानिक हुने आयोगको आकलन छ । समानुपातिकतर्फ अहिलेसम्म सरदर ३ लाख मतगणना भईसकेको देखिन्छ । जुन जुन निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको मतगणना सम्पन्न हुन्छ, परिणाम घोषणा हुन्छ, ती निर्वाचन क्षेत्रहरुमा त्रमश समानुपातिक तर्फपनि मतगणना भइरहेको छ ।’

प्रत्यक्षतर्फ मतगणना सम्पन्न भई परिणाम घोषणा भएका निर्वाचन क्षेत्रमा क्रमशः समानुपातिकतर्फको मतगणना पनि सँगसँगै भइरहेको उनले जानकारी दिए । उनकाअनुसार समानुपातिकतर्फ हालसम्म करिब तीन लाख मतगणना भइसकेको छ ।

प्रकाशित मिति २०८२ फागुन २३ गते शनिबार ०५:११
हजुरको प्रतिक्रिया