२०८३ असोज २४ गते शनिबार

नवनिर्वाचित सांसदहरुलाई डा. शेखर कोईरालाको सुझावः ‘वरिष्ठ नेता र विज्ञहरुसँग सरसल्लाह गरेर अघि बढ्नुस्’

नवनिर्वाचित सांसदहरुलाई डा. शेखर कोईरालाको सुझावः ‘वरिष्ठ नेता र विज्ञहरुसँग सरसल्लाह गरेर अघि बढ्नुस्’

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ चैत १६ गते सोमबार ०३:४७

यस पटक वरिष्ठ र पुराना सांसदहरु धेरै नभएको उल्लेख गर्दै कोईरालाले उनीहरुको अनुभवबाट लाभ लिन नवनिर्वाचित सांसदहरुलाई आग्रह गरे ।
नेपाली काँग्रेसले यस्ता कार्यक्रमहरु पहिलेदेखि नै गर्दै आएको स्मरण गर्दै उनले नवनिर्वाचित सदस्यहरुलाई सफल कार्यकालको शुभकामना समेत दिए ।

पोखरा ।

नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले नवनिर्वाचित राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्यहरुलाई संसदमा प्रभावकारी भुमिका निर्वाह गर्न वरिष्ठ नेता र विज्ञहरुसँग नियमित सरसल्लाह गर्न सुझाव दिएका छन् ।

सोमबार धुम्बाराहीमा नवनिर्वाचित सांसदहरुलाई बधाई ज्ञापन गर्न आयोजित कार्यक्रममा बोल्दै नेता कोईरालाले संसदमा आउने विभिन्न विषय र मुद्दाहरुमा गहिरो अध्ययन र छलफलको आवश्यकता रहेको बताएका छन् ।

यस पटक वरिष्ठ र पुराना सांसदहरु धेरै नभएको उल्लेख गर्दै कोईरालाले उनीहरुको अनुभवबाट लाभ लिन नवनिर्वाचित सांसदहरुलाई आग्रह गरे ।

नेपाली काँग्रेसले यस्ता कार्यक्रमहरु पहिलेदेखि नै गर्दै आएको स्मरण गर्दै उनले नवनिर्वाचित सदस्यहरुलाई सफल कार्यकालको शुभकामना समेत दिए ।

उनले भने, ‘ यो सबै कुरा हामी नेपाली काँग्रेसका साथीहरुले पहिले पनि हामीले गरिराख्या हो, पहिले पहिले पनि र अहिले पनि हामीले यो यस्ता कार्यक्रमहरु गरिराख्या हुन्छौँ । तपाईंहरु सित सधैँ हामीहरुको भेटघाटहरु भई रहन्छ र संसदमा के भई राखेको छ, कसो भई राखेको छ, हामी संसद बाहिर छौँ धेरै साथीहरु यस पटक । त्यो कुरालाई पनि तपाइँहरुले ध्यान दिएर संसदमा कसरी जाने, के गर्ने धेरै पुराना साथीहरु, म भन्दा पनि धेरै पुराना साथीहरु, वरिष्ठ साथीहरु यहाँ हुनुहुन्छ । उहाँहरुसित, हामीहरु सित सरसल्लाह पनि गर्नुहोला ताकि धेरै इस्युजहरु आउँछ संसदमा, त्यो इस्युजलाई पनि तपाइँहरुले मध्यनजर गरिइकन एक्सपर्टहरु सित, विज्ञहरु सित तपाइँहरुलाई कुनै जरुरत पर्छ छलफल गर्नुपर्छ भने हामी तयार छौँ ।’

कार्यक्रममा काँग्रेसका विभिन्न तहका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रकाशित मिति २०८२ चैत १६ गते सोमबार ०३:४७
हजुरको प्रतिक्रिया