२०८३ असोज २४ गते शनिबार

नेपाली काँग्रेसको संस्थापन इतर पक्षको केन्द्रिय समिति बैठक जारी

नेपाली काँग्रेसको संस्थापन इतर पक्षको केन्द्रिय समिति बैठक जारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ चैत १७ गते मंगलबार ०३:०४

पोखरा । नेपाली काँग्रेसभित्रको आन्तरिक विवादबीच संस्थापन इतर पक्ष (पूर्वसभापति शेरबहादुर देउवा समूह) ले बोलाएको केन्द्रिय समिति बैठक काठमाडौंमा जारी छ । बैठकलाई पूर्वसभापति देउवा निकट नेता तथा कार्यवाहक सभापतिको हैसियतमा...

पोखरा ।

नेपाली काँग्रेसभित्रको आन्तरिक विवादबीच संस्थापन इतर पक्ष (पूर्वसभापति शेरबहादुर देउवा समूह) ले बोलाएको केन्द्रिय समिति बैठक काठमाडौंमा जारी छ ।

बैठकलाई पूर्वसभापति देउवा निकट नेता तथा कार्यवाहक सभापतिको हैसियतमा पूर्णबहादुर खड्काले अध्यक्षता गरेका छन् ।

बैठकमा तीनवटा मुख्य एजेण्डामा छलफल भइरहेको बताइएको छ ।

यो बैठक निर्वाचन आयोगले विशेष महाधिवेशनपछिको नेतृत्वलाई वैधानिकता दिए पनि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा देउवा–कोइराला समूहले समानान्तर गतिविधि अघि बढाएको सन्दर्भमा आएको हो ।

नेपाली काँग्रेसमा हाल गगन थापा नेतृत्वको पक्ष र देउवा–खड्का–कोईराला पक्षबीच आधिकारिकता र पार्टी संरचनाको विषयमा विवाद छ ।

संस्थापन इतर पक्षले यो बैठकलाई पार्टीको एकता र भावी रणनीति तय गर्न महत्वपूर्ण मानिरहेको छ ।

बैठकमा सहभागी नेताहरूले पार्टीको वर्तमान अवस्था, संगठनात्मक सुदृढीकरण र आगामी कार्यक्रमबारे छलफल गरिरहेका छन् ।

प्रकाशित मिति २०८२ चैत १७ गते मंगलबार ०३:०४
हजुरको प्रतिक्रिया