२०८३ साउन २१ गते बिहीबार

काँग्रेस संस्थापनइतर नेताहरुको केन्द्रिय समिति बैठक आज पनि शुरु

काँग्रेस संस्थापनइतर नेताहरुको केन्द्रिय समिति बैठक आज पनि शुरु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ चैत १८ गते बुधबार ०३:०८

पार्टीको आधिकारिता सम्बन्धमा सर्वोच्च अदालतको फैसलाको पर्खाइमा रहेका पूर्णबहादुर खड्का–शेखर कोईराला समूहले आगामी दिनको रणनीति तय गर्न छलफल थालेको हो ।

पोखरा ।

नेपाली काँग्रेस संस्थापनइतर नेताहरुको केन्द्रिय समिति बैठक शुरु भएको छ ।

मंगलबार (हिजो)बाट शुरु भएको बैठकलाईं निरन्तरता दिइएको हो ।

पार्टीको आधिकारिता सम्बन्धमा सर्वोच्च अदालतको फैसलाको पर्खाइमा रहेका पूर्णबहादुर खड्का–शेखर कोईराला समूहले आगामी दिनको रणनीति तय गर्न छलफल थालेको हो ।

काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट होटलमा बसेको बैठकमा १४ औं केन्द्रिय कार्यसमितिमा रहेका यो समूहमा भएकाहरू सहभागी छन् ।

आजको बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे पनि सहभागी भएका छन् ।

संस्थापन इतर पक्षले आफ्नो समूहको गतिविधि अघि बढाएको पनि संस्थापन पक्षले भने आपत्ति जनाउँदै कारबाहीको तयारी गरेको छ ।

प्रकाशित मिति २०८२ चैत १८ गते बुधबार ०३:०८
हजुरको प्रतिक्रिया