२०८३ साउन २१ गते बिहीबार

काँग्रेस संस्थापन इतर पक्षका नेताहरुको अडानः १४ औं महाधिवेशनको नेतृत्वलाई मानेर अघि बढ्छौँ

काँग्रेस संस्थापन इतर पक्षका नेताहरुको अडानः १४ औं महाधिवेशनको नेतृत्वलाई मानेर अघि बढ्छौँ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ चैत १८ गते बुधबार ०३:४७

उनले भने,‘काँग्रेस छिटो तन्दुरुस्त भएर जनताको बीचमा जान जरुरी छ । त्यसका लागि हामी १५ औ महाधिवेशनमा सबै आग्रह, पूर्वाग्रह छोडेर उभिन जरुरी छ । त्यो गर्ने कडी भनेको १४ औ महाधिवेशनबाट निर्वाचित केन्द्रिय समितिलाई विधिवत रुपमा मानेर अगाडि जानु मात्रै हो । यता लाग्न म सम्पूर्ण साथीहरुलाई, नेताहरुलाई हार्दिक आग्रह गर्दछु ।’

पोखरा ।

नेपाली काँग्रेसका संस्थापनइतर पक्षका नेताहरुले १४ औ महाधिवेशनबाट निर्वाचित केन्द्रिय कार्य समितिलाई मान्यता दिएर मात्रै आफूहरु नियमित महाधिवेशनमा जान सक्ने अडान राखेका छन् ।

बुधबार आफू पक्षका नेताहरुको भेलामा सहभागी भएका नेताहरु गुरु बराल, डा. रणबहादुर रावललगायतका नेताहरुले विधि र विधान सम्मत ढंगले निर्वाचित सो केन्द्रिय कार्य समितिलाई बैधानिकता दिएर आफूहरु नियमित महाधिवेशनमा जाने पक्षमा रहेको प्रष्ट्याए ।

नेताहरुले पार्टीको आधिकारिताको विषयमा सर्वोच्च अदालतमा रहेको मुद्दाको फैसला पछि आफूहरु १५ आँै महाधिवेशनको तयारीमा जुटने र त्यसमा काँग्रेसका सबै समूहहरु सहभागी हुनुपर्ने जिकिर समेत गरेका छन् ।

नेता बरालले १४ औ महाधिवेशनबाट निर्वाचित केन्द्रिय कार्य समितिलाई विधिवत रुपमा मानेर आफूहरु १५ औ महाधिवेशनको तयारीमा लाग्ने अडानमा रहेको स्पष्ट पारे ।

उनले भने,‘काँग्रेस छिटो तन्दुरुस्त भएर जनताको बीचमा जान जरुरी छ । त्यसका लागि हामी १५ औ महाधिवेशनमा सबै आग्रह, पूर्वाग्रह छोडेर उभिन जरुरी छ । त्यो गर्ने कडी भनेको १४ औ महाधिवेशनबाट निर्वाचित केन्द्रिय समितिलाई विधिवत रुपमा मानेर अगाडि जानु मात्रै हो । यता लाग्न म सम्पूर्ण साथीहरुलाई, नेताहरुलाई हार्दिक आग्रह गर्दछु ।’

अर्का नेता डा. रावलले तत्कालीन महामन्त्री गगन थापाको समूहले भेला भएर बनेको केन्द्रिय कार्य समिति वैधानिक नभएकाले मान्य नहुने जिकिर गरे । उनले १४ औ महाधिवेशनको नेतृत्वलाई मानेर आफूहरु १५ औ महाधिवेशनको तयारीमा रहेको पनि बताए ।

नेता रावलले भने,‘अहिले हाम्रो सर्वोच्च अदालतमा मुद्दा पनि छ । १४ औ महाधिवेशनबाट विधिसम्मत, प्रक्रियासम्मत नेता भएका साथीहरुले केन्द्रिय सभापति र कार्यबहाक सभापतिले एउटा मुद्दा पनि दर्ज गर्नुभएको छ । अर्को तत्कालीन महामन्त्री लगायतका साथीहरुले विशेष महाधिवेशनमार्फत भेला गरेर एउटा कमिटी बनाएर उहाँहरुले आफूलाई बैधानिक भनेपनि वास्तवमा सर्वोच्च अदालतको फैसला नभएसम्म हामीले त्यसलाई वैधानिक मानेका छैनौँ । त्यो विधि, विधान र पद्धतिअनुसार नभएर एउटा हुल वा भेलाले गरेको कमिटी भएको हुनाले हामीबीच द्वन्द्व छ । नेपाली काँग्रेस, विधि, मूल्य र मान्यताअनुसार चल्ने पार्टी हो । त्यसो भएकाले हुनाले १४ औ महाधिवेशनको निर्वाचित केन्द्रिय समिति त्यसै हटदैन । हामी विशेष महाधिवेशनवालहरुको भेलालाई मान्य पक्षमा छैनौ ।’

यता, संस्थापन पक्षले भने नियमित महाधिवेशनको तयारी थालिसकेको छ ।

प्रकाशित मिति २०८२ चैत १८ गते बुधबार ०३:४७
हजुरको प्रतिक्रिया