२०८३ असोज २४ गते शनिबार

सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित

सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ चैत २२ गते आइतबार ०१:१७

पोखरा । प्रतिनिधिसभाको सभामुखमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएका छन् । सिंहदरबारमा निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय हलमा आज बसेको प्रतिनिधिसभा...

पोखरा ।

प्रतिनिधिसभाको सभामुखमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएका छन् । सिंहदरबारमा निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय हलमा आज बसेको प्रतिनिधिसभा बैठकमा सभाका जेष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सभामुखमा औपचारिक रुपमा निर्वाचित भएको घोषणा गरे । आजको कार्यसूची अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका सांसद रवि लामिछानेले डोलप्रसाद अर्याललाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रसाव पेस गरेका थिए ।

लामिछानेको प्रस्तावमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक, पूर्वाधार तथा यातायातमन्त्री एवं सहरी विकासमन्त्री सुनिल लम्सालले समर्थन गरे । अस्ति शुक्रबार अर्यालले सभामुखमा मनोनयन दर्ता गर्नुभएको गरेका थिए । सभामुख पदमा उनको एकल उम्मेदवारी परेको थियो ।

अर्याल गएको फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य चुनावमा काठमाण्डौ–९ बाट निर्वाचित भएका हुन् । यसअघि उहाँ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री समेत बनेका थिए । प्रतिनिधिसभाको अर्को बैठक भोलि दिउँसो एक बजे बस्ने गरी स्थगित भएको छ ।

प्रकाशित मिति २०८२ चैत २२ गते आइतबार ०१:१७
हजुरको प्रतिक्रिया