२०८३ असोज २४ गते शनिबार

सरकारले विदेशी ऋण लिन गरेको निर्णयप्रति राप्रपा सांसद खुस्बु ओलीको आपत्ति

सरकारले विदेशी ऋण लिन गरेको निर्णयप्रति राप्रपा सांसद खुस्बु ओलीको आपत्ति

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ चैत २३ गते सोमबार ०३:०३

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुस्बु ओलीले सरकारले विदेशी ऋण लिन गरेको निर्णयप्रति आपत्ति जनाएकी छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले सरकारले एशियाली विकास बैंक र विश्व बैंकबाट ऋण लिन सरकारले...

पोखरा ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुस्बु ओलीले सरकारले विदेशी ऋण लिन गरेको निर्णयप्रति आपत्ति जनाएकी छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले सरकारले एशियाली विकास बैंक र विश्व बैंकबाट ऋण लिन सरकारले गरेको निर्णयको विरोध गरेकी हुन् ।

कुन संसदीय समिति, नीतिगत बहस र कुन आवश्यकता प्राथमिकिकरण मूल्याङ्कनका आधामा यो निर्णय गरियो ? उनको प्रश्न छ ।

उनले संसदीय समिति र उपसमिति गठन हुन बाँकी रहेको भन्दै यस्तो अवस्थामा सरकारले गर्ने निर्णय अपारदर्शी हुने शंका गरिन् ।

उनले उक्त ऋण सरकारले माग गरेको हो कि प्रश्ताव गरिएको हो ? भन्दै सरकारसँग जवाफ माग गरिन् ।

सांसद ओलीले संसदीय बजेट अनुरोधको लागि सांसदहरुले धाउनु नपर्ने गरी अनलाइन पोर्टल सञ्चालन गर्न समेत माग गरिन् ।

प्रकाशित मिति २०८२ चैत २३ गते सोमबार ०३:०३
हजुरको प्रतिक्रिया