२०८३ असोज २४ गते शनिबार

श्रम मन्त्री साह बर्खास्त, स्वास्थ्यमन्त्री मेहतालाई चेतावनी

श्रम मन्त्री साह बर्खास्त, स्वास्थ्यमन्त्री मेहतालाई चेतावनी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ चैत २६ गते बिहीबार ०५:४७

पोखरा । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदबाट बर्खास्त भएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिशअनुसार आज साहलाई पदमुक्त गरेका हुन् । मन्त्री साहले पदीय मर्यादाको...

पोखरा ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदबाट बर्खास्त भएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिशअनुसार आज साहलाई पदमुक्त गरेका हुन् ।

मन्त्री साहले पदीय मर्यादाको दुरुपयोग गरी श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा मनोनयन गरेको भन्दै रास्वपाको केन्द्रीय अनुशासन आयोगले सभापति लामिछाने समक्ष कारबाहीको सिफारिश गरेको थियो ।

रास्वपाले साहको यो गतिविधिबाट पार्टीको छवि, आदर्श, सिद्धान्त र मर्यादामाथि आँच आउने देखिएको निष्कर्ष निकालेको थियो । यसैका आधारमा प्रधानमन्त्री शाहले श्रममन्त्री साहलाई पदमुक्त गरेका हुन् ।

रास्वपाको पार्टी विधानको धारा २५ (४) (क) मा पार्टी सभापतिलाई पार्टीको आदर्श, सिद्धान्त र मर्यादामाथि आँच आउन नदिन जिम्मेवारी सुम्पिएको छ र पदको दुरुपयोग भएको अवस्थामा विधानको धारा ६९ मा पार्टीले जिम्मेवारीबाट फिर्ता बोलाउन (राइट टु रिकल) सक्ने व्यवस्था छ ।

यस्तै यस्तो गम्भीर विषयमा आफ्नो जिम्मेवारीमा अपेक्षित गम्भीरता नदेखिएकाले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहतालाई प्रधानमन्त्री शाहले सचेत गराएका छन् ।

प्रकाशित मिति २०८२ चैत २६ गते बिहीबार ०५:४७
हजुरको प्रतिक्रिया