२०८३ कात्तिक १० गते सोमबार

प्रदेश र स्थानीय सरकारले पनि सम्पदाहरुको संरक्षण र प्रवद्र्धनका लागि आवश्यक कानून बनाउनु पर्दछः पर्यटनमन्त्री पौडेल

प्रदेश र स्थानीय सरकारले पनि सम्पदाहरुको संरक्षण र प्रवद्र्धनका लागि आवश्यक कानून बनाउनु पर्दछः पर्यटनमन्त्री पौडेल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ वैशाख १५ गते मंगलबार ०४:१८

विद्यमान ऐनमा नै अभौतिक सम्पदाहरुको संरक्षण र अभिलेखीकरण गर्नका लागि प्रदेश र स्थानीय तहले आफैँ कानून निर्माण गर्न सक्ने अधिकार रहेको मन्त्री पौडेलले स्पष्ट पारे ।

पोखरा ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले प्रदेश र स्थानीय तहले पनि अभौतिक सम्पदाहरुको संरक्षणका लागि आवश्यक कानून निर्माण गर्न सक्ने बताएका छन् ।

मंगलबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

विद्यमान ऐनमा नै अभौतिक सम्पदाहरुको संरक्षण र अभिलेखीकरण गर्नका लागि प्रदेश र स्थानीय तहले आफैँ कानून निर्माण गर्न सक्ने अधिकार रहेको मन्त्री पौडेलले स्पष्ट पारे ।

उनले स्थानीयको सहभागिता बिना मुलुकको कुनैपनि सम्पदाहरुको संरक्षण हुन नसक्ने तथ्य पनि स्मरण गराए ।

मन्त्री पौडेलले मुलुकको स्वाभिमान र समृद्धिका लागि पनि सांस्कृतिक सम्पदाहरुको संरक्षण र प्रवद्र्धनमा जोड दिन आवश्यक रहेको उल्लेख गरे ।

उनले भने,‘नेपाल सरकार, प्रदेश र स्थानीय तहले आ आफनो क्षेत्रमा रहेको अभौतिक सम्पदाहरुको सूचि र अभिलेखीकरण गर्न सक्नेछन भन्ने अधिकार र कर्तव्यको कुरा पनि ऐनमा व्यवस्था गरिएको छ । प्रदेश र स्थानीय तहले आवश्यक कानून बनाई आफ्नो क्षेत्रको सम्पदाको पहिचान र प्रवद्र्धन गर्नसक्ने व्यवस्था पनि यसमा गरिएको छ । र सम्बन्धित समुदायको व्यापक सहभागिता सुनिश्चित गर्ने भनिएको छ । किनभने सामुदायिक सहभागिताविना यस्ता प्रकारणका अभौतिक सम्पदाहरुको संरक्षण हुन सम्भव छैन । र, संस्कृतिले गर्ने दुई वटा चिज हुन्छ । यसले हाम्रो पहिचानलाई दिलाउँछ । राष्ट्रिय स्वाभिमानलाई वृछि गर्छ यसले । अनि यसले समृद्धिलाई पनि मार्गप्रशस्त गर्छ ।’

मन्त्री पौडेलले सरकारले समुदायमा आधारित भएर नै सम्पदाहरुको संरक्षणको कामलाई अघि बढाउन सक्ने पनि बताए ।

प्रकाशित मिति २०८३ वैशाख १५ गते मंगलबार ०४:१८
हजुरको प्रतिक्रिया