२०८३ साउन २१ गते बिहीबार

थप २१९ जनामा कोरोना संक्रमण, २८३ संक्रमणमुक्त

थप २१९ जनामा कोरोना संक्रमण, २८३ संक्रमणमुक्त

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस ११ गते आइतबार ०५:०३

पछिल्लो २४ घन्टामा देशभरका २१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड -१९ सम्बन्धी प्रेस विज्ञप्ति अनुसार पछिल्लो २४ घन्टामा ७ हजार १८० पिसिआर र २ हजार ४९७ एन्टिजेन गरी कूल ९ हजार ६७७ जनामा...

पछिल्लो २४ घन्टामा देशभरका २१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड -१९ सम्बन्धी प्रेस विज्ञप्ति अनुसार पछिल्लो २४ घन्टामा ७ हजार १८० पिसिआर र २ हजार ४९७ एन्टिजेन गरी कूल ९ हजार ६७७ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभरका २८३ जना संक्रमणमुक्त भएका छन् भने, सोही अवधिमा दुई जनाले संक्रमणका कारण ज्यान गुमाएका छन्।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९०६ रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति २०७८ पुस ११ गते आइतबार ०५:०३
हजुरको प्रतिक्रिया